बिजेपीका नेता जयन्तीलालको गोली हानी हत्या



काठमाडाैं । भारतीय जनता पार्टी(बिजेपी) का वरिष्ठ नेता जयन्तीलाल भानुशालीको गोली हानी हत्या भएको छ। उनलाई रेलमा अज्ञात समूहले गोली हालेको हो ।

भारतीय समाचारहरुकाअनुसार उनीमाथि दुई गोली लागेको थियो । एएटा गोली छातीमा र अर्को चाहि आँखामा लागेको छ । सयाजी नगरी एक्सप्रेसमा भएको हमला उनी भुजबाट अहमदाबाद जाँदै थिए ।

उनी कच्छ क्षेत्रका बिजेपीका वरिष्ठ नेता हुन् । रेलवे प्रहरी फोर्सकाअनुसार भानुशालीमाथि राति १२ बजेदेखि २ बजेकाबीचमा गोली प्रहार भएको थियो ।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्