मनिला,(एजेन्सी)
फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको भिषण वर्षा सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले सोमवार बताएका छन् । अझै सम्म पनि बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको सरककारी सुत्रले जनाएको छ ।
अधिकारीहरुले सोमबार साँझसम्म मात्र मृत्यु थप २२ जनाको
मृतयु भएको जानकारी दिएका छन् । खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्थानिय संचार माध्यमले जनाएको छ । अझै पनि १७ जना हराइरहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस आँधीबाट विशेषगरी फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी प्रभावित भएके छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र पहिरो गएको बताएका छन् । नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु पहिरोमा पुरिएर तथा डुबेर भएको छ । स्थानीयवासीका अनुसार ‘उस्मान’ नाम दिइएकोे यस आँधीको बेग विस्तारै कमजोर हुन थालेको छ ।
बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताएका छन् ,‘ अधिकांश आँधि प्रभावित क्षेत्र जलमग्न अवस्थामा रहेको छ । हामी पिडितहरुको उद्धारका लागि सेना र रबरका डुंगा पठाउँदैछौं । केही ठाउँमा त बाढी घरको छानासम्म पुगेको छ । ’
सन् २०१३ मा आएको शक्तिशाली हाइयान आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।











प्रतिक्रिया