टुरिस्ट गाइडहरुको पारिश्रमिक २५ प्रतिशतले बढ्यो

0
Shares

काठमाडौं, (नेस)
नेपाल एसोसिएसन अफ टँर एन्ड ट्राभल एजेन्ट (नाट्टा) र टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) बीच लामो समयदेखिको टुरगाइड पारिश्रमिक विवाद अन्त्य भएको छ । स्वतन्त्र टुरिस्ट गाइडहरुको छाता संगठन टुर्गान र नाट्टाबीच पारिश्रमिक वृद्धि गर्ने विषयमा सहमति भएपछि विवाद टुंगिएको हो ।

नाट्टाका अध्यक्ष सीएन पाण्डे र टुर्गानका अध्यक्ष केदार तामाङले सोमबार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार यसअघिको पारिश्रमिक दरमा २५ प्रतिशतले वृद्धि भएको छ ।

टुर्गानले लामो समयदेखि टुर गाईडको पारिश्रमिक समय सापेक्षित वृद्धिको माग गर्दै आएको थियो । १ जनवरी २०१९ देखि लागँ हुने गरी नयाँ पारिश्रमिक निर्धारण गरिएको हो । वृद्धि भएको पारिश्रमिक नाट्टा र टुर्गानमा आबद्ध सदस्यहरुको लागि लागँ हुनेछ, पारिश्रमिक २ वर्षपछि परिमार्जन हुनेछ । यसअघि सन् २०१४ मा वृद्धि गरिएको थियो ।