पेरिसको सडकमै आमा र छोरी मारिए



पेरिस,(एजेन्सी)
फ्रान्सको राजधानी पेरिसको एक उपनगर ट्राप्पेजमा बिहिवार एकजना मानिसले सडकै आफ्नी आमा र बहिनीके हत्या गरेको प्रहरीले जनाएके छ । सो घटनामा उनको पनि प्रहरी हस्तक्षेपमा ज्यान गएको बताइएको छ ।

फ्रान्सका गृहमन्त्री गरार्ड कोल्लोमवले यस घटनालाई आतंककारी हमलाको रुपमा नहेरिएको जानकारी दिएका छन् ।अतिवाद ीमुशिल समुह इस्लामिक स्टेट ( आइएस ) ले यस घटनामा आफ्नो हात रहेको दावी गरे पनि त्यसलाई पुष्टि गर्ने खालको कुनै प्रमाण दिन नसकेको अनुसन्धानरत सुरक्षाकर्मिहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुले प्रहरीले गोली हानेर मार्नु अघि नाम नखुलाइएका ति व्यक्तिले ‘ अल्लाहु अकवर ’ भनी चिच्याउादै प्रहरीलाई मार्ने धम्की दिएको बताएक छन् । आमार बहिनीको हत्या गरी अर्को तेश्रो व्यक्तिलाई घाइते बनाइ सकेपछि नजिकैको एउटा घर तर्फ भागेका उनी फेरी हातमा छुरा लिएर बाहिर आउने क्रममा मारिएक थिए ।

यि आक्रमणकारीको मानसिक असन्तुलन रहेको अनुमान गरिएको छ । सन् २०१५ मा पेरिसमा गरिएको भयानक आतंककारी हमला यता फ्रान्समा पटक पटक त्यस्ता आक्रमण दोरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्