स्तनपानको तस्वीर भाइरल



न्युयोर्क,(ऐजेन्सी)
अमेरिकाको एउटा रेस्टुरेन्टमा स्तनपान गराइरहेकाबेला स्तन छोप्न आग्रह गरिएपछि एकजना महिलाले गरेको ठट्यौली पाराको तस्वीर इन्टरनेटमा भाइरल भएको छ ।

गतसाता फेसबुक प्रयोगकर्ता क्यारेल लकवुडले कम्वलले आफ्नो पुरा टाउको छोपेर आफ्नो चार महिने बच्चालाई दुध पिलाउँदै गरेकी टेक्सासको अस्टिन निवासी ३४ वर्षिया मेलानी डुड्लीको तस्वीर सेयर गरेका थिए ।

सो पोष्टमा लेखिएको छ , ‘ स्तनपान गराउँदै गरेकी एकजना साथीकी बहारीलाई ‘ छोप्नु है ’ भनिएपछि उनले यसो गरिन् ! यस पोस्टमा ९० हजार प्रतिक्रिया , १२ हजार टिप्पणी व्यक्त गरिनुको साथै यसलाई १ लाख ६९ हजार सेयर गरिएको छ ।

उनले बच्चालाई दुध पिलाउँदै गरेकी महिलाहरुलाई लोकलाज सम्झाउने मानिसहरुलाई ध्यानमा राख्दै यो तस्वीर पोस्ट गरेको जनाएका छन् । सार्वजनिक स्थलमा स्तनपान गराउने विषयमा प्रायश मानिसहरुले सम्बन्धित महिलाले टाउको नभइस स्तनका ेभाग छोप्नुपर्ने तथा बच्चालाई भोग लाग्दा जहाँ पनि आमाले स्तनपान गराउन सक्ने राय व्यक्त गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्