पाइलटले रक्सी सेवन गरेपछि फ्लाई दुबईको उडान रद्द

94
Shares

दीपेन्द्र थापा काठमाडौं
पाइलटले रक्सी खाएर विमान उडाउन गएको जानकारी पाएपछि आइतबार दुबईका लागि उड्न तयार रहेको फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५७६ विमान रोकिएको छ । पाइलट नाजिर हुसेनले रक्सी सेवन गरेको जानकारी आएपछि चेकजाँज गर्दा पुष्टि भएपछि विहान ९.४० बजे उडान तालिका रहेको उक्त विमानको उडान रोकिएको थियो ।

१ सय ५४ जना यात्रु लिएर त्रिभुवन विमान स्थलमा उडान गर्ने तयारीमा रहेको अवस्थामा विमानस्थल प्रशासनलाई विमानकै कर्मचारीबाट पाइलट र को–पाइलटको अवस्था शंकास्पद रहेको भन्दै सूचना आएको आधारमा विमानस्थल प्रशासनले चेकजाँच गरेको थियो । विमानस्थल प्रशासनले पाइटल र को–पाइलटको मादक पदार्थ सेवन गरेको पत्ता लगाउन (ब्रथलाइजर) ले चेक जाँच गर्दा पाइटलले अल्कोहल प्रयोग गरेको पाइएको त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीका अनुसार ब्रथलाइजरमा मादक पदार्थ सेवन गरेको भेटिएपछि पाइलटको मेडिकल चेकजाँच गरिएको र त्यसमा पनि मादक पदार्थ सेवन गरेकै आएका थियो । पाइलट हुसेनले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई विमान उडान रोकिएको बताउनुभयो ।
पाइलटलाई विमान उडाउन रोकिएपछि फ्लाई दुबईका यात्रु दिनभर विमानस्थलमा अलपत्र परेका थिए ।

करिब १२ घण्टासम्म विमानस्थलमा अलपत्र परेका यात्रुलाई ७.२० मा दुबईबाट आएको फ्लाई दुबईका नयाँ टिमले विमान र यात्रु लिएर गएको क्षेत्री जानकारी दिनुभयो । पाइलटका कारण उडान रोकिएको विमानका चालक दलका सदस्यहरू भने दिउँसो ४.४० को फ्लाई दुबईकै नियमित उडानबाट फर्किएका थिए ।

प्mलाई दुबईका काठमाडौं इन्चार्ज अबित श्रेष्ठले आफू उडानको व्यवस्थापन गर्न विमानस्थलमा रहेको भन्दै आफूँले थप जानकारी दिन नमिल्ने तपाईं जुन जानकारी जहाँबाट पाउनुभयो उतै पुष्टि गर्नुहोस् भने ।

घटनाको बारेका विस्तृत विवरण उल्लेख गरेर नेपाल नागरिक उड्डयान प्राधिरणले दुबर्ईको नियमक निकायलाई पत्रचार गरिसकेको छ, पाइलट हुसेनमाथि उतैबाट कारबाही हुनेछ । अन्तर्राष्ट्रिय विमान कम्पनीको हकमा भने यस्तो कानुनी कारबाही गर्ने प्रावधान प्राधिकरणसँग नरहेको बताइएको छ । मादक पदार्थ सेवन गरेर विमान उडाइएको पाइएमा परामर्श दिने, चेतावनी दिने, तालिम दिने, जरिवाना गराउने, निलम्बन गर्ने, उडान रद्द गर्नेलगायतका प्रावधान रहेका छन् ।

नेपालको हवाई इतिहासमा यो घटना सम्भवत पहिलो भएको हुन सक्ने नागरिक उड्डयन प्राधिकारण अधिकारीले जनाए ।

नेपालीको हकमा प्राधिकरणले उडान हुनुभन्दा अगाडि छड्के चेकजाँच गर्न गर्दै आए पनि हालसम्म यस्तो नपाएको ती अधिकारीको भनाइ रहेको छ ।