अझै पनि ७०० बालबालिका हिरासतमा


अमेरिका ।
गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका कारण मेक्सिको सीमाबाट पक्राउ गरिएकामध्ये अझै ७०० भन्दाबढी बालबालिकालाई हिरासतमै राखिएको छ ।

परिवारको सदस्य भएको पुष्टी गर्ने कागजातको अभाव रहेका, आपराधिक पृष्ठभूमि भएका र सरुवा रोगबाट पीडित कतिपय अभिभावक आफ्ना बालबच्चा लिन अधिकारीसम्म पुग्न नसकेको बताइएको छ ।

यी बालबालिकाका अभिभावक अमेरिकाको नै विभिन्न स्थानमा छरिएर रहेका र केहीलाई भने उनका नै देशमा फर्काइएको हुनाले पुनर्मिलन प्रक्रिया थप जटिल भएको छ ।

अदालतको आदेशबाट पाँच वर्षसम्मका एक हजार ४४२ बालबालिका उनीहरुका आमाबाबुलाई बुझाइसकिएको छ ।

आप्रवासीसम्बन्धी ट्रम्पको नयाँ नीति लागू भएपछि २,५०० आप्रवासी बालबालिकालाई नियन्त्रणमा लिई सीमावर्ती क्षेत्रका हिरासतमा राखिएको थियो ।

बाल अधिकारको हनन भएको भन्दै चौतर्फी विरोध भएपछि बालबालिकालाई हिरासतमा राख्ने निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।