रुसी अन्तरिक्ष बैज्ञानिक गिरफतार



मस्को,(एजेन्सी)
रुसी सरकारी अनुसन्धानकर्ताहरुले एकजना प्रतिष्ठित तथा पुरुस्कार विजयी अन्तरिक्ष बैज्ञानिकलाई गिरफतार गरेको छ । ७४ वर्षिय भिक्टोर कुद«याभ्तसेभ नामक ति बैज्ञानिक माथि उत्तर एटलान्टिक सन्धि संगठन ( नेटो ) का एक सदस्य राष्ट्रलाई क्षेप्यास्त्र सम्बन्धी गोप्य दस्तावेज उपलब्ध गराएके अभियोग लगाइएको छ ।

रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले भिक्टरलाई राजधानी मस्को स्थित एउटा कारागारमा थुनिएका ेपुष्टि गरेको छ । गत शुक्रवार सुरक्षा निकायले मस्का नजिकको कारोल्योभ स्थित निमास नामक रोस्कोस्मोसको अनसन्धान परिसरमा छापा मारेको थियो ।

यो गुप्तचरी अभियोग हाइपरसोनिक क्षेप्यास्त्रसंग सम्बन्धित रहेको बताइएको छ । ति क्षेप्षस्त्र आवाजको गति भन्दा पाँचु गुणा भन्दा बढि छिटो उड्ने गरेको बुझिएको छ ।
छापा मारिएकै दिन रसियाको कोम्मरसान्ट दैनिक अखवारले उक्त अनुसन्धान केन्द«का करिव दसजना कर्मचारीलाई अवैध धन्धामा लागेको आशंका गरिएको जनाएको थियो । त्यहाँको निर्देशकको कार्यालयमा पनि सुरक्षाकर्मिले खानतलाशी लिएकबा थिए ।

आशंकितहरु माथि गम्भीर राष्ट्रघातीको मुद्धा चलाइने बताइएको छ । यस प्रकारको अपराधका लागि अधिकतम बिस वर्ष लामो कारावास संजाय हुन सक्ने प्रावधान छ ।
संघिय सुरक्षा सेवा ( एफएसबि ) ले पनि मस्को स्थित युनाइटेड रोकेट एन्ड कर्पोरेसन ( ओआरकेके ) कार्यालयहरुमा खानतलाशी लिएक छन् ।

विहिवार रसियाको रक्षा मन्त्रालयले किन्झाल र एभान्गार्ड नामक दुइवटा नयाँ हाइपरसोनिक क्षेप्यात्र प्रणालीको भिडियो सार्वजनिक गरेको थियो । ति दुवै क्षेप्यास्त्र आणविक हतियार बोक्न सक्षम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्