लगातार खुम्चिँदै निर्यात



नेपाल समाचारपत्र, हेटौंडा
लगातार ओरालो लागेको मकवानपुरको निर्यात व्यापारमा यस वर्ष पनि सुधार आउन सकेन । क्षेत्रफलका हिसाबमा मुलुककै ठँलो औद्योगिक क्षेत्र हेटौंडाबाट निर्यात व्यापार गर्ने उद्योग धरासयी बन्दै जानु र औद्योगिक प्रतिष्ठान वस्तु उत्पादन भन्दा ट्रेडिङ व्यवसायतर्फ उन्मुख भएकाले निर्यात व्यापारमा गिरावट आएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले सार्वजनिक गरेको एक तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा हरेक वर्ष २० देखि ३० प्रतिशतका दरले निर्यात व्यापारमा गिरावट आउँदै गरेको देखिएको छ । आव २०७०÷७१ मा १ अर्ब १३ करोड ८३ लाख रुपियाँको निर्यात व्यापार भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अनुसार आव २०६८÷६९ मा ३१ वटा उद्योगले निर्यात व्यापार गरेका थिए भने आव २०६९÷७० मा २८ उद्योगले भारत तथा तेस्रो मुलुक निर्यात व्यापार गरे । आव २०७०÷७१ मा मकवानपुरका २२ उद्योगले निर्यात व्यापार गरेका थिए ।
औद्योगिक क्षेत्रका औद्योगिक प्रतिष्ठान वस्तु उत्पादन भन्दा ट्रेडिङ व्यवसायतर्फ उन्मुख भएकाले निर्यात व्यापारमा गिरावट आएको उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले जानकारी दिनुभयो ।

सरकारले उत्पादन गर्ने उद्योगलाई बढी कर लगाउने र भारतीय बजारबाट तयारी वस्तु ल्याएर मार्केटिङ गर्ने उद्योगलाई प्राथमिकता दिएको अध्यक्ष अर्यालको गुनासो छ । आव २०७४÷०७५ मा एसियन पेन्ट्स्, नेचुरल फ्लावर एन्ड हर्वल, नेपाल इकारात इन्जिनियरिङ, सौभाग्य ह्यान्डी क्राफ्टको निर्यात व्यापार शँन्य भएको छ । बालाजी नेचुरल इण्डष्ट्रिज, सीएसआई नेपाल र प्रोजिओकेभ प्रालिले मात्र भारतमा आफ्नो उत्पादन निर्यात गरेका छन् ।

बालाजीले लौठसल्ला प्रशोधन गरी टेक्सास बोकाटालगायत औषधिजन्य वस्तु निर्यात गर्दै आएको छ । सीएसआईले कोल्ड ड्रिङस्को बोटलको बिर्को निर्यात गर्छ भने प्रोजिओकेभले पोलिथिन र फाइबरका भाडा बनाउने केमिकल निर्यात गर्दछ ।
आव २०६७÷६८ को तुलनामा आव २०६८÷०६९ मा जिल्लाको निर्यात व्यापार ३८ प्रतिशतले वृद्धि भएको थियो । केही वर्षअघिसम्म अस्थिर राजनीति, उद्योग बन्द, मजदँर आन्दोलनले निर्यात व्यापार घट्दै गएको देखिएको छ । मकवानपुरका आधा दर्जन बहुर्राष्ट्रिय उद्योगमध्ये सीएसआई नेपालले मात्र निर्यात व्यापार गरेको छ ।

आव २०७४÷७५ को ११ महिना अवधिमा देशको कुल वस्तु निर्यात १० दशमलव ४ प्रतिशतले वृद्धि भई ७४ अर्ब ३१ करोड पुग्दा मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा भने करिब २४ प्रतिशतले गिरावट आएको थियो ।
यहाँबाट तेस्रो मुलुकमा हुने निर्यात ठप्प प्रायः छ । आर्थिक वर्ष २०७४÷७५ मा मकवानपुरका ६ वटा उद्योगले निर्यात व्यापार गरेका छन् । आव २०७०÷७१ मा भने मकवानपुरबाट निर्यात व्यापार गर्ने उद्योगको संख्या २२ थियो । मकवानपुरबाट आव २०७४÷७५ मा भारततर्फको निकासी अघिल्लो आवको तुलनामा २३ दशमलव ७८ प्रतिशतले घटेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।

आव २०७१÷७२ मा ४८ करोड ७७ लाख रुपियाँ बराबरका उत्पादन निर्यात भएकोमा आव २०७२÷७३ मा झरेर ३७ करोड ५ लाख रुपियाँ भएको थियो । आव २०७३÷०७४ मा ३५ करोडको निर्यात व्यापार भएकोमा आव २०७४÷७५ मा २६ करोड ६७ लाख रुपियाँमा सीमित भएको वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्