अर्को भेट वासिङटनमा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको हेलसिन्की शिखर वार्ताको तरंग र आलोचनाको क्रम चलिरहेकै बेला ट्रम्पले पुटिनलाई वासिङटन मै स्वागत गर्ने नयाँ कुरा ल्याएको छ ।

ट्रम्पका अनुसार पुटिनको वासिङटन भ्रमणलाई लिएर वार्ता जारी रहेको छ । ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले ट्विटमा दुई नेताबीच अर्को वार्ता चाँदै हुने सम्भावना रहेको उल्लेख गरेकीछिन् । यसै हप्ता पुटिनसँगको बैठकपछि पत्रकार सम्मेलनमा दिएको बयानलाई लिएर ट्रम्पलाई विपक्ष र उनकै पार्टीका समर्थकहरुका आलोचनाको पनि सामना गर्नु परिरहेको छ ।

पुटिनसँगको वार्तामा ट्रम्पले सन् २०१६ को राष्टपति चुनावमा रुसी हस्तक्षेपका विषयमा रुसी गुप्तचर एजेन्सीको निष्कर्षलाई कुनै महत्व दिएका थिएन ।
ट्रम्पले वार्ताका कारण उत्पन्न तरंगलाई ‘फेक न्युज‘ले गर्दा भएको र उनको उपलब्धीको पहिचान गर्न नसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्