टाटाको एस स्पेसियल एप्लिकेसन नेपालमा



काठमाडौं, (नेस)
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘गो ग्रिन टु किप इट क्लिन’ भन्ने नारासहित, टाटा एस स्पेसियल एप्लिकेसनको उद्घाटन गरेको छ । उक्त कार्यक्रममा टाटा एसका एस हुपर टिपर, एस स्किप लोडर, एस स्काईलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यान गरी ५ वटा विशेष एप्लिकेसनको भिडियो मार्फत उपयोगिता प्रदर्शन गरिएको थियो ।

एस हुपर टिपरले नगरपालिकाको फोहोर संकलन तथा व्यवस्थापनलाई सहज बनाउँछ । त्यस्तै एस स्किप लोडरले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घरको फोहोर संकलन तथा व्यवस्थापन गर्न सहज बनाउ“छ ।

त्यस्तै एस स्काईलिफ्टले उचाइमा गर्नुपर्ने कामलाई डबल बुममार्फत सजिलो बनाउ“छ । कुरियर तथा अन्य सामग्रीलाई आधिकारिक ठाउ“मा पु¥याउन एस कन्टेनरले मद्दत गर्छ भने एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नुपर्ने सामानको ओसार पसार सहज बनाउ“छ ।

समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठलगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रीय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोधप्रकाश मुखियानेपालका क्षेत्रीय प्रबन्धक तुसार गुप्तालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्