६४ प्रतिशत रोपाई सकियो


काठमाडौं (नेस)
असार सम्ममा मुलुकभर ६४ दशमलव शुन्य ८ प्रतिशतमात्र रोपाई सम्पन्न भएको छ ।
कृषि प्रसार निर्देशनालयका अनुसार उच्च पहाडि जिल्लाहरुमा ६३ दशलमव ९५ प्रतिशत, मध्य पहाडि जिल्लामा ६६ दशमलव ९९ प्रतिशत र तराईका जिल्लामा ६३ दशमलव शुन्य २ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

निर्देशनालयका अनुसार मुलुकभर करीब १५ लाख ५२ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाई हुने गरेको छ । गत वर्ष यस अवधिसम्ममा करिब आधा जमिनमा मात्र रोपाई सम्पन्न भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।