१६ वडालाई सांस्कृतिक र पर्यटकीय वडाको रुपमा विकास गरिने



ललितपुर, (नेस)
ललितपुर महानगरपालिका वडा नं. १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्ने भएको छ । समग्र नगरलाई नै सांस्कृतिक र पर्यटकीय नगरी बनाउने लक्ष्यलाई ध्यानमा राखेर वडाले आगामी आर्थिक वर्षमा नियमित पँर्वाधार निर्माण, पार्क निर्माणसंगै संस्कृति संरक्षण र पर्यटन विकास कार्यलाई अघि सारेको हो ।

वडाका विभिन्न टोल सुधार समिति, महिला ुमूह, विभिन्न संघसस्थाका प्रतिनिधिको सहभागितामा रहेको वडा भेलामा वडालाई सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले वडा भेलामा जानकारी दिनुभयो ।

सो वडा भेला आयोजना गरिएको थियो । आगामी आर्थिक वर्षको प्रस्तावित योजना प्रस्तुत गर्दै वडा अध्यक्ष शाक्यले वडालाई सांस्कृतिक र पर्यटन विकासको नमुना वडाका रुपमा विकास गर्ने लक्ष्यले योजनाहरु अघि सारिएको जानकारी दिनुभयो ।

अधिकाशं मँर्त र अमँर्त संस्कृति सञ्चालन हुने मुख्य थलोको रुपमा रहेकोलाई मध्यनजर गरेर सांस्कृतिक र पर्यटकीय नगरको नमँना वडाका रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष शाक्यले बताउनुभयो । साविकको १६ र १८ लाई गाभिएर बनाइएको हाल १६ वडा विश्वसम्पदा सँचीकृत पाटन दरबार क्षेत्रसहित महत्वपँर्ण सम्पदा र संस्कृतिले भरिएको छ ।

ऐतिहासिक पृष्ठभँमीसंग जोडिएका नाउँको संरक्षण र पर्यटकहरुको जानकारीलाई समेत सहयोग पुग्ने गरी रञ्जना लिपि, देवनागरी र अंग्रेजी नामाकंन बोर्ड राख्न योजना पनि वडाले अघि सारेको छ ।चालँ आर्थिक वर्षमा वडाको विकासको लागि ५० लाख विनियोजित गरिएकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ५० लाख विनियोजित गरिएको छ ।

त्यस क्रममा प्रदेशसभाका सदस्य शोभा शाक्यले ललितपुरको विकासको आधार नै संस्कृति र पर्यटक रहेकोले वडाले सोही अनुरुप योजना अघि सारेको बताउँदै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

वडाका सल्लाहकार डा. सुमित्रा अमात्य विकासले पर्यावरण, संस्कृतिमाथि पर्ने नकारात्मक प्रभावलाई हेरेर दिगो विकासको अवधारणा अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्