आजबाट अनलाइन कारोबार



काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ आजबाट लागँ गरेपछि नेपाल स्टक एक्सचेन्जले पनि पुँजी बजारमा आजैदेखि लागँ हुने गरी स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागँ गरेको छ । शेयर कारोबारलाई व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउन तथा कारोबारको दायरा बढाउने उद्देश्यले विद्युतीय कारोबार प्रणाली गरिएको नेप्सेले जनाएको छ ।

अनलाइन कारोबारलाई कानुनी रुपमै व्यवस्था गर्नका लागि बोर्डले नियमावलीमार्फत् बजारमा धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरिएको स्वचालित विद्युतीय कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको हो । विद्युतीय कारोबार प्रणालीमार्फत् पुँजीबजार कारोबार गर्नका लागि इन्टरनेट सुविधा आवस्यक छ भने लगानीकर्ताका लागि ‘युजर नेम’ र ‘पासवर्ड’ अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्