डिस होमद्वारा सिम टिभी खरिद



काठमाडौं, (नेस)
डिस मिडिया नेटवर्क लिमिटेड (डिस होम) ले सिम्पल मिडिया नेटवर्क प्रालि (सिम टिभी) खरिद गरेको छ । सिम टिभी र डिस मिडिया नेटवर्क सञ्चालक समितिको संयुक्त बैठकले खरिद सम्झौता गरेको हो

खरिद सम्झौताअन्तर्गत शेयर खरिद निकट भविष्यमै सम्पन्न हुने कम्पनीले जनाएको छ । अब सिम टिभीको व्यवस्थापनको सम्पँर्ण जिम्मा डिस मिडिया नेटवर्कले लिएको छ ।

सन् २००९ मा स्थापना भएको डिस मिडिया नेटवर्क लिमिटेड गत वर्षदेखि कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ ।

सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिस मिडिया नेटवर्कले सिम टिभीको खरिदपछि टिभी हेराइको गुणस्तरीय अनुभव अझ धेरै ग्राहक तथा आबद्ध लोकल केवल अपरेटरको पहँुचमा पुग्ने जनाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्