३ सय ५० ट्यांकर सडकमै पार्किङ



नेपाल समाचारपत्र, विराटनगर
व्यवस्थित पार्किङ अभावका कारण विराटनगस्थित आयल निगमको पँर्वाञ्चल क्षेत्रीय कार्यालय अगाडि सडकमै ट्यांकर पार्किङ गर्ने गरिएको छ । इन्धन भरिएका ट्यांकर सडकमै राखिने गरेका कारण सो ठाउँमा दुर्घटना निम्तिदै आएका छन् ।

विराटनगरस्थित आयल निगम छेउको कोशी राजमार्गको यो सडक खण्ड हाल छ लेनमा बिस्तार गरिएको छ । यो सडक भएर हजारौंको संख्यामा ठँला तथा साना सवारी साधान तीव्र गतिमा हुइँकिने गरेका छन् । यस्तो अवस्थामा निगम अगाडिको सडकमा इन्धन लोड गरिएका ट्यांकर पार्किङ गर्ने गरिएको छ । ट्यांकरहरू सडक किनारमा राखिने गरेका कारण दुर्घटनाको सम्भावना बढेर गएको हो ।

भवितव्य वा अन्य कुनै कारणले तीव्र गतिमा आएको सवारी साधन पार्किङ गरिएको ट्यांकरमा ठोकिन्न पुगे त्यसले भीषण दुर्घटना निम्लिन सक्छ । दुर्घटनाका कारण हुनसक्ने आगलागी नियन्त्रण गर्न सक्ने उपाय आयल निगम र विराटनगर महानगरपालिकासँंग नरहेकाले त्यसबाट विराटनगरबासीले अकल्पनीय दुर्घटना बेहोर्नुपर्ने अवस्था उत्पन्न हुनसक्ने संयुक्त टोल नगर समन्वय समिति, विराटनगरका संयोजक राजेश मास्केले बताउनुभयो ।

उहाँले भन्नु्भयो–‘सम्भावित दुर्घटनाका विषयमा सरोकारवाला सबै पक्ष जानकार रहे पनि यो विषयलाई उपेक्षा गर्ने गरिएको छ ।’ ढुवानी सम्बद्ध संस्था र ट्यांकर चालकहरुले पार्किङ स्थल अभावकै कारण सडकमा ट्यांकर राख्ने गरिएको दाबी गर्छन । निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले ट्यांकर पार्किङका लागि निगम छेउकै १० कट्ठामा पार्किङस्थल छुट्याइएको दाबी गर्नुभयो।

उहाँले त्यतिमात्र ठाउँ पर्याप्त नरहेकाले निगमको दक्षिणतर्फ रहेको गुठीको २ बिघा जग्गा भाडामा लिएर पार्किङ निर्माणको पहल भइरहेको जानकारी दिन्भयो । निगमले पार्किङका लागि छुट्टयाइ दिएको ठाउँ खाली रहेको अवस्थामा समेत ट्यांकर जोखिमपँर्ण तवरले सडकमै पार्किङ गर्ने गरिएको छ । निगमको क्षेत्रीय कार्यालयका लागि ६० वटा ट्यांकरले दैनिकरुपमा भारतबाट इन्धन ओसार्ने गरेका छन् । यसरी इन्धन ओसार्ने ट्यांकरहरुको संख्या ३ सय ५० छ ।

क्षेत्रीय भण्डारण केन्द्रमा डिजेल ७१ सय केएल, पेट्रोल ५ सय ६० केएल र मट्टितेल ७ सय १० केयल भण्डारण गर्न सक्ने क्षमता छ ।

 

प्रतिक्रिया दिनुहोस्