सिन्डिकेट अझै बाँकी



नेपाल समाचारपत्र, विराटनगर
सरकारले सिन्डिकेट पूर्णरुपले खारेज गरे पनि पूर्व क्षेत्रमा अहिलेसम्म कायम रहेको पाइएको छ । सरकारले केही महिना अघिमात्र सिन्डिकेट प्रणालीका कारण विभिन्न किसिमका बिकृति मौलाएको भन्दै सो प्रणाली खारेज गरेको थियो ।

सिन्डिकेट प्रणाली खारेज भए पनि पूर्वका विभिन्न स्थानमा अहिले पनि दादागिरि शैलीमा विभिन्न संघले सिन्डिकेट कायम राखेको पाइएको छ । प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट छोटो दूरीका लागि चल्ने सवारी साधनमा सिन्डिकेट प्रणाली लगभग बस व्यवसायी संघले हटाई सकेको भए पनि लामो दूरी र केही छोटा दूरीमा अझै पनि सिन्डिकेट कायम रहेको पाइएको हो ।

विराटनगरबाट लामो दूरीका सार्वजनिक सवारी साधन अहिले पनि सिन्डिकेट प्रणालीअनुसार सञ्चालन भएको पाइएको हो । विराटनगरबाट कोशी राजमार्गअन्तर्गतका पहाडी रुट, विराटनगर–काठमाडौं, विराटनगर–पोखरा, विराटनगर–वीरगञ्जलगायतका लामो रुटमा सञ्चालन हुने बस अहिले पनि कानुनविपरित सिन्डिकेट प्रणाली अनुसारनै सञ्चालन हु“दै आएका छन् ।

सरकारले सिन्डिकेट खारेज गरेपछि यातायात क्षेत्रको एकाधिकार अन्त्य हुने भन्दै आफू शुरुमा उत्साहित बनेको भए पनि अहिलेसम्म पूर्णरुपमा सिन्डिकेट अन्त्य नभएको यातायात व्यावसायीले नै गुनासो गरेका छन् ।

यातायात व्यवसायी विनोद कार्कीले आफ्नो बस यातायात कार्यालयमार्फत् रुट अनुमति लिएर धरान खा“दबारी रुटमा सञ्चालन हु“दै आएता पनि सिन्डिकेटहरुको दबदबाले अझै सञ्चालनमा समस्या रहेको बताएका छन् ।

सरकारले अनुमति दिएका व्यवसायी संघले आफ्ना काउन्टर बिस्तार गरेर उही पुरानै सिन्डिकेट शैलीमा व्यवसायीलाई दबाउ“दै आएको र आफूले भने बमोजिम व्यवसायीले बस सञ्चालन नगरिदिए वा व्यवसायीले आफूले चाहेको रुटमा आफ्ना गाडी सञ्चालन गर्न खोजे संस्थाले अथवा काउन्टरले व्यवसायीलाई कुनै सहयोग नगर्ने गरेको कार्कीले बताउनुभयो ।

व्यवसायीले यातायात व्यवसायी संघले बाहिरी रुपमा सिन्डिकेट प्रथा हटाए जस्तो गरे पनि भित्री रुपमा गुट र दबदबा अझै कायमै राखेको पनि उहा“को आरोप छ। संघले आफूहरुले तोकेको ठाउ“बाट गाडी कुदाइदिए ती गाडीहरुलाई सहयोग गर्ने तर व्यवसायीले अरुलाई सरल सुविधा हुने र यात्रुलाई सुविधा हुने ठाउ“बाट आफ्ना गाडी सन्चालन गर्दा ती गाडीलाई काउन्टरले सहयोग नगर्दा पछि गएर अझ समस्या सिर्जना हुने बताउनुभयो ।

उहा“ले केही समय अघिसम्म आफ्नो बस झापाको दमकदेखि खा“दबारीसम्म सञ्चालन भइरहेको र रुट अनुमति लिएर रतुवामाई नगरपालिकादेखि खा“दबारी रुटमा सञ्चालन गर्न खोज्दा स्थानीय संघले नदिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्