ओम समप्रदायका नाइके सहित सात सदस्यलाई फाँसी

0
Shares

टोक्यो,(एजेन्सी)
सन् १९९५ मा जापानको राजधानी टोकयोको भुमिगत रेलवेमा प्राणघातक रसायनिक आक्रमण गरेकोमा दोषि ठहराइएका विवादास्पद धार्मिक सम्प्रदाय ओम सिन्रिक्योका नाइके सोको आसाहारा लगायत त्यसका सातजना सदस्यलाई मृत्युदण्ड दिइएको शुक्रवार जापानी संचार माध्यमले जनाएको छ ।

जापानको इतिहासमै सबैभन्दा भयावह मानिएको उक्त सरिन ग्यास आक्रमणमा १३ जना मानिसको ज्यान जानुका साथै अन्य हजारौं व्यक्ति घाइते भएका थिए । टोक्योको एउटा हिरासत केन्द«मा हिजो बिहान तिनीहरुलाई मृत्युदण्ड दिइएको न्यायिक सुत्रले पुष्टि गरेको छ ।
जापनमा मृतयुदण्डदिइनु अघि सुचना सार्वजनिक गर्ने चलन छैन । तर पछि यस्तो घटनाको न्याय मन्त्रालयले पुष्टि गर्ने गर्दछ । सोको आसाहारा लगायत उनका अन्य अनुयायीहरुलाई सरिन ग्यास आक्रमण गनिु अघि सन्् १९९४ मा भएका अन्य थुप्रै हत्याकाण्डमा पनि दोषि ठहर गरिएको छ ।

यस दौरान सो समुहको आक्रमणबाट आठ जनाको ज्यान जानुका साथै अन्य छ सयजना घाइते भएको थियो । तिनीहरुलाई जनवरीमा नै मृतयुदण्ड सुनाइएको थियो । तर अभियोग लगाइएकाहरुको अन्तिम अपिल कार्य पुरा गराउनका लागि तिनीहरुको फाासी स्थगित गरिएको थियो ।

यस सम्प्रदायका अन्य छ जना अझै मृत्युदण्डको प्रतिक्षामा बसेका छन् । सन् १९९५ को २० मार्चमा ओम समप्रदयाका सदस्यहरुले जापानको एउटा सववेको ट्रेन लाइनहरुमा तरल नर्भ एजेनट रहेका ब्यागहरुमा पवल पारेर छोडेका थिए । प्रत्यक्षदर्शीहरुले प्रहरीलाई सत ब्यागहरुबारे सुचना दिँदै गर्दा नै उक्त विषाक्त ग्यासले तिनीहरुलाई नराम्री प्रभाबित गरिसकेको थियो ।

तिनीहरुले निस्सासिँद ैवान्ता गरेका थिए भने कोहि तत्कालै अन्धा हुनाका साथ अचेत अवस्थामा पुगेका थिए । यस घटनपछि पनि यस सम्प्रदायले विभिन्न रेलवे स्टेसनमा हाइड्रोजन साइनाइड ग्यास छोडेर मानिस मार्ने असफल प्रयास गरेको थियो । हिन्दु र बौद्ध धर्मका सिद्धान्त र आस्थामा आधारित ‘ सर्वोच्च सत्य ’ को अर्थ बोकेको यो सम्प्रदाय असीको दशकमा देखा परेको थियो ।