मानव अन्तरिक्ष अभियानमा इसराको सफल परीक्षण

0
Shares

नयाँदिल्ली (एजेन्सी)
भारतिय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले मानवलाई अन्तरिक्ष पुर्याउने प्रणालीको सफल परिक्षण गरेको छ । इसरोको यस परिक्षण अन्तरिक्ष यात्रीको सुरक्षामा केन्द्रित रहेको बताइएकोछ ।

क्रु एस्केप सिस्टम अन्तरिक्ष अभियानलाई रोक्नु पर्ने स्थितिमा अन्तरिक्ष यात्रीलाई त्यहाँबाट सुरक्षित बाहिर निस्कन मद्दत गर्नेछ । यसअघि मात्र तीन देश अमेरिका, रुस र चीन सँग यस प्रकारको सुविधा रहको छ ।

विहिबार पाँच घण्टाको उल्टो गणना पछि श्रीहरिकोटा स्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट डमी अन्तरिक्ष चालकको मोड्युल सहित १२ दशमलव ६ टनको क्रुस्केप सिस्टमको विहान ७ बजे परीक्षण गरिएको थियो । यो परीक्षण २ सय ५९ सेकेन्डमा सफलतापुर्वक समाप्त भयो ।
यस क्रममा डमी अन्तरिक्ष यात्रीलाई क्रु एस्केप सिस्टमको माथिल्लो हिस्साबाट माथि उडाउँदै श्रीहरिकोटाबाट २ दशमलव ९ किलोमिटर दुरीमा बंगालको खाडीमा प्यारासुटको मद्दतबाट उतारीएको थियो ।

भारतिय अन्तरिक्ष कार्यक्रममा यसलाई ठुलो उपलब्धि मानिएको छ र मानव अभियानको दिशामा यसलाई ठुलो सफलताका रुपमा लिइएको छ ।
भारत आफनै भुमी र आफनै रकेटको माध्यमबाट कुनै भारतियलाई अन्तरिक्ष पठाउन चाहन्छ । इसरोले क्रु मोड्युलको सुरक्षित बाहिरिने प्णाली एस्केप सिस्टमको सफल परिक्षण गरेको छ र यो परीक्षण बिना भारतिय अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउन सम्भव हुँदैन । अन्तरिक्ष यात्रीलाई पठाउने दिशामा यो परीक्षण आफैमा ठुलो कदम हो ।

कुनै अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने क्रममा रकेटलाई लन्च प्याडबाट छोड्ने बेलाको क्षण अन्तरिक्ष यात्रीलाई सबैभन्दा धेरै खतरा हुने गर्छ । लन्च प्याडमा रहँदै विस्फोट भएमा वा रकेटमा आगो लागेमा वा अन्य प्राविधिक गडवडी भएमा, त्यतिबेला अन्तरिक्ष यात्रीलाई कसरी बचाउन सक्छ, यसका लागि यो परीक्षण हुन्छ र यसमा भारतले सफलता हासिल गरेको छ ।

अहिले पनि मानवको अन्तरिक्ष यात्राका लागि सरकारको तर्फबाट पुरै स्पष्ट निर्दृेशन आएको छैन । अब यो कार्यक्रम शुक्ष्म प्रविधिको विकास तर्फ अगाडी बढेको छ ।

भारतले पहिलो पटक आपनो अन्तरिक्ष यात्री पठाउँदा उसलाई पृथ्वीबाट कम दुरीको कक्षमा पठाइनेछ ताकी उसलाई सफलतापुर्वक फिर्ता गर्न सकुन । यो उपग्रह जस्तो हुँदैन, जसमा रोबोटिक अभियान हुनेछ । अन्तरिक्षमा पठाइएका अन्तरिक्ष यात्रीलाई जसरी पनि सुरक्षित फिर्ता ल्याउने प्रविधिको सुनिश्चितता र त्यसको गुणस्तरियता अत्यन्त उत्कृस्त हुनु जरुरी छ । भारत अहिले पनि त्यस तर्फ अगाडी बढिरहेको छ ।

अहिलेसम्म मानव अन्तरिक्ष उडान गर्ने मात्र तीन देश छन् । रुस, अमेरिका र चीन तीनै देश अन्तरिक्षमा मानव पठाएर फर्काउनमा आत्मनिर्भर छन् । यदि भारत अन्तरिक्ष यात्री पठाउन सफल भएमा यसतो क्षमता हासिल गर्ने उ चौथो देश बन्ने छ ।