अरुसँग सल्केका पतिको जनेन्द्रिय काटियो



बैंकक (एजेन्सी)
लोग्ने स्वास्नीको झगडा, परालको आगो भन्ने गरिन्छ । तर यो झगडा सम्ममा सिमित हुँदा सम्ममात्र लागु हुन्छ । यदि एकले अर्कालाई विश्वासघात गर्ने वा भावनामा चोट पुर्याउने घटना भएमा त्यसले लिने रुप डरलाग्दो हुन्छ । यसतै एउटा अनौथो घटना बाहिर आएको छ ।

आफनो पति अरु नै महिलाको प्रेममा फसेको थाहा पाएपछि पत्नीले ती लोग्नेका जनेन्द्रिय नै काटिदिएकी छिन् । सुरुमा ती महिलाले पतिलाई उत्तेजित पारेको र धारिलो चक्कुले उसको निजी अंग काटेर झ्यालबाट बाहिर फ्याकिदिएकी थिइन् ।

अनौथो लाग्ने यो घटना थाइल्यान्डको हो । मिरर युकेले दिएको समाचारमा २४ बर्षिय करुणा सनुसनले प्रहरी समक्ष अपराध स्विकार गरेको जनाएको छ । उनले प्रहरीलाई सुरुमा आफनो ४० बर्षिय पति सिरिपनलाई सुत्नका लागि कुरेको र फेरी उसलाई उत्तेजित बनाई १२ इन्चको चक्कुले उनको जनेन्द्रिय काटेको बयान दिएकी छिन् ।

आफुलाई धोका दिइरहेका पतिसँग आक्रोसित पत्नीको रिस त्यतिमै शान्त भएन , उनले बेडरुमको झ्याल खोलेर उक्त अंग बाहिर फ्याकिन् , ताकी त्यो कसैले भेटाउन नसकुन् । यसबीच सिरिपन रक्ताम्य भइसकेका थिए । छिमेकीले सिरीपन चिच्याएको सुनेपछि प्रहरीलाई फोन गरेका थिए । विहान साढे ६ बजे तिर मात्रै प्रहरी घटनास्थल पुगेका थिए ।

प्रहरी काटिएको जनेन्द्रिय फेलापारी त्यसलाई बरफको बट्टामा राखेका थिए । उनीहरुले डाक्टरलाई पुन जोड्नका लागि भनेको तर डाक्टरहरुले यो असम्भव हुने बताएका थिए । सिरिपनलाई नजिकको अस्पतालमा भर्ना गरिएको र करुणलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको जनाइएको छ ।

करुणा कम्बोडियाकी हुन् । प्रहरीको सोधपुछका क्रमा महिलाले हालै मात्र आफुले उसका पति कुनै अर्कै महिलसँग सम्बन्धमा रहेको थाहा पाएको बताएकी थिइन् । यो थाहा पाएपछि आफुले रिस थाम्न नसकेको र त्यसतो गर्ने योजना बनाएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्