ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने


न्यु जर्सी संयुक्त राज्य अमेरिका, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ ।

जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने उहाँले शुक्रबार जानकारी दिनुभएको हो ।

“मैले पाँच जना उम्मेदवारमध्येबाट छानेर नियुक्त गर्ने हो, म सबैलाई मन पराउछु, तर सबैलाई नियुक्त गर्न सम्भव छैन,” उहाँले भन्नुभयो ।

अहिलेका न्यायाधिश एन्टोनी क्यान्डी यसै हप्ता अवकास लिने घोषणा गरेकाले नयाँ न्यायाधिश नियुक्त गर्नुपर्ने भएको हो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।