उत्तरी अफगानिस्तानमा तालिबानका एक प्रमुख कमाण्डर मारिए



मैमाना, अफगानिस्तान

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।

सो कारबाहीमा परी अन्य १२ जना आतङ्ककारी मारिएका छन् । सैनिक प्रवक्ता मोहमद हानीफ रेजाईले सोमबार सो जानकारी दिनुभएको छ ।

फर्याब प्रान्तको घोर्माच जिल्लामा आज सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीको आक्रमणपछि सुरक्षा अधिकारीहरूले गरेको जवाफी कारबाहीमा तालिबानका प्रमुख कमाण्डर मुल्लाह वारिस र अन्य १२ जना तालिबान मारिएका हुन् ।

तालिबान आतङ्ककारी र सुरक्षा अधिकारीहरूबीच भएको दोहोरो झडपमा परी अन्य १९ भन्दा बढी आतङ्ककारी घाइते भएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्