सम्पुर्ण शाही सम्पत्ति थाइ नरेशको स्वामित्वमा



बैंकक,(एजेन्सी)
थाइल्यान्डका नरेश महा वाजिरालोंगकोर्नलाई कम्तिमा ३० अर्व अमेरिकी डलर वरावरको शाही सम्पत्तिमाथिको निजी स्वामित्वको लागि पुर्ण अधिकार प्रदान गरिएको छ ।

राजाका ेतर्फबाट शाही सम्पत्ति नियनत्रण गर्ने क्राउन प्रपर्टि ब्युरोले गत वर्ष यस सम्बन्धमा परिवर्तित कानुन अनुसार उनलाई स्वामित्व प्रदान गरिएको जनाएके छ । फलस्वरुप पहिलो पटक थाइल्यान्डमा शाही सम्पत्तिमाथि कर लाग्न ेभएके छ । ६५ वर्षिय महा वाजिरालोंगकोन सन् २०१६ को डिसेम्वरमा थाइ नरेश बनेका थिए ।

उनका पिता तथा थाइल्यान्डका सबैभन्दा सम्मानित नरेश भुमिबोल अदुल्यादजेको सन् २०१६ को अक्टोवरमा निधन भएक ेथियो । थाइल्यान्डमा कडा लेसे म्याजेस्टे कानुन रहेको छ ।

यस अन्तर्गत शाहि परिवारको आलोचना समेत गर्न पाइँदैन । यसै कानुनको कारण जनताले शाहि परिवारबारे बोल्न र अध्ययन गर्न पाउँदैनन् । शाही सम्पत्तिमा विभिन्न कम्पनीका सेयर पनि रहेको छ ।

क्राउन प्रपर्टी ब्युराले अबदेखि शाही सम्पत्तिको सुरक्षा र व्यवस्थापन लगायत सम्पुर्ण मामिलामा नरेश स्वंयले स्वविवेक प्रयोग गर्न सक्ने कुरा आफुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्