स्थायी तथा दिगो शान्ति र परमाणु निशस्त्रीकरण मुद्दामा वार्ता हुने



सिंगापुर, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगिसकेका छन्।

अमेरिकाले यस बैठकमा उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गराउनु उसको प्रमुख मुद्दा भएको स्पष्ट पारिसकेको छ। तर उत्तर कोरियाका तर्फबाट अहिलेसम्म बैठकको एजेन्डा प्रष्ट आएको थिएन। यद्यपि दुवै नेता सिंगापुर पुगिसकेका छन्।

यसबीच उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमको एजेन्डा अगाडि ल्याएको छ। सोमबार उत्तर कोरियाली सञ्चार माध्यमले दुवै नेताका वार्ताका विषयमा उल्लेख गरेको छ ‘स्थायी र दिगो शान्ति स्थापित गर्ने हिसाबले वार्ता गर्नेछ। साथै कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण र अन्य साझा मुद्दामा पनि वार्ता हुनेछ।’ कोरियाली सेन्ट्रल न्युज एजेन्सीले नेता किमसँगै उत्तर कोरियाका विदेशमन्त्री री योङ हो, रक्षामन्त्री नो क्वांग चोल र बहिनी किम यो जाेंग पनि सिंगापुर पुगेकी छिन्। एजेन्सीले समाचारमा पहिलो पटक यी दुई देशका नेताबीच वार्ता हुन गइरहेको र विश्वभरिको ध्यान यसले खिचेको उल्लेख गरेको छ।

अमेरिकामा कार्यरत राष्ट्रपतिसँग मंगलबार हुने वार्ता उत्तर कोरियाली नेताको यो पहिलो हुनेछ। ट्रम्पले आफ्नो मागमा उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्नेमा जोड दिइरहेको छ। यसको बदलामा प्योङयाङलाई आर्थिक प्रतिबन्धबाट राहत दिइनेछ। किमले आफ्नो तर्फबाट प्रष्टरुपमा त्यस्तो कुनै माग अगाडि सारेको छैन।

विज्ञका अनुसार किम कोरियाली प्रायद्वीपलाई पूर्णरुपमा परमाणु निशस्त्रीकरण गर्ने पक्षमा भएपछि उनले अहिलेसम्म आफ्नो इच्छा व्यक्त नगरेको हो। यस प्रक्रियामा वर्षौं समय लाग्न सक्ने उनीहरूले अनुमान गरेका छन्।

सिंगापुर पुगेका ट्रम्प र किम फरक–फरक होटलमा बसेका छन्। किम सिंगापुरको पाँचतारे होटल सेन्ट रिजिसमा बसेका छन् भने ट्रम्प त्यहाँबाट केही दुरीमा पर्ने सांग्रिला होटलमा बसेका छन्। २ नेताबीच जुन १२ मा सेनटोसा द्वीपस्थित क्यापेला होटलमा हुनेछ।
सिंगापुर पुगेका किमले आइतबार सिंगापुरका प्रधानमन्त्री ली सीएन लुङसँग भेटवार्ता गरेका थिए। किमले लुङलाई भेनका थिए– ‘सम्पूर्ण विश्व यो ऐतिहासिक शिखर बैठक हेरिरहेका छन्। तपाईंको प्रयासका लागि धन्यवाद, जसका कारण हामी शिखर बैठकको तयारी पूरा गर्न पायौं।’ प्रधानमन्त्री लुङले यो शिखर बैठक आयोजनामा २ करोड डलरभन्दा बढी खर्च गरेको जानकारी दिएका छन्। यसमा आधा खर्च सुरक्षा व्यवस्थामा भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्