शिखरवार्तामा ट्रम्पसँग मेलानिया नजाने

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प सिंगापुरमा उत्तर कोरियासँग हुने भनिएको शिखरवार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजाने भएकी छिन्। यसै गरी उनी क्यानाडामा आयोजना हुने जी सेभेन शिखर वार्तामा पनि ट्रम्पसँग नदेखिने ≈वाइट हाउसले आइतबार जनाएको छ।

मेलानियाकी प्रवक्ता स्टेफनी ग्रिसमले भनेकी छिन्– ‘उनी जी सेभेनमा समावेश हुने छैनन् र यतिबेला उनको सिंगापुर जाने पनि कुनै योजना छैन।’

मेलानियालाई गत १० मेदेखि सार्वजनिक कार्यक्रममा देखिएको छैन। ४८ वर्षीया मेलानियाको मृगौलामा समस्या देखिएपछि १४ मेमा शल्यक्रिया गरिएको थियो। उनलाई १९ मेमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

उनले गत हप्ता ट्विटर मार्फत आफू ≈वाइट हाउसमा परिवारसँग आराम गरेर बसेको जानकारी दिएकी थिइन्।

Skip This