इरानले पुनः युरोनियम प्रशोधन गर्ने

0
Shares

तेहरान, (एजेन्सी)
इरानले मंगलबार सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग भएको आणविक समझौता पूर्णरूपमा निस्क्रिय भएको खण्डमा आफ्नो युरेनियम प्रशोधन क्षमता वृद्धि गर्न आवश्यक काम शुरू गरिसकेको जनाएको छ।

इरानको आणविक ऊर्जा निकायका प्रमुखले पत्रकारहरूलाई बताएका छन्– ‘नातान्ज आणविक केन्द्रमा अत्याधुनिक सेन्ट्रिफ्युजेज निर्माणका लागि आवश्यक भौतिक पूर्वाधारको विकास गरिरहेका छौं।’

इरानी निकायले आफ्नो यस योजनाबारे संयुक्त राष्ट्रसंघको आणविक निकायलाई औपचारिकरूपमा पत्र मार्फत जानकारी गराइसकेको जनाएको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सो सम्झौताबाट अलग्गिएको घोषणा गरेका थिए। यस सम्बन्धमा हिजो इरानको आणविक ऊर्जा संगठनका प्रमुख अली अकवर सालेहीले पत्रकारहरूलाई बताएका छन्– ‘नयँँ सेन्ट्रिफ्युजेज निर्माणका लागि तयारी भइरहेको छ।’

यो केही साता वा महिनाभित्रै तयार भइसक्छ। यो काम हाम्रा सर्वोच्च नेता अयातोल्लाह खामेनीको आदेशअनुसार यो कदम चालिएको हो। इरानले उक्त सम्झौताको ढाँचा र प्रतिबद्धताअनुसार नै काम गरिरहेको छ।’ उक्त सम्झौतामा इरानलगायत अमेरिका, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, रसिया र चीनले हस्ताक्षर गरेका थिए। यस कार्यबाट इरानले युरेनियम प्रशोधन प्रक्रियाका ेप्रमुख तŒव युरेनियम हेक्जाफ्लुराइड प्राप्त गर्न सक्ने बताइएको छ।

इरानसँगको आणविक सम्झौताबाट अलग नहुन डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले ठूलो दबाब दिएका थिए। तिनीहरूले इरानलाई आणविक हातहतियार कार्यक्रम त्याग्न लगाउनका लागि सो सम्झौता निकै उपयुक्त भएको पनि बताएका थिए। सो सम्झौतापछि इरानमाथि लगाइँदै अँएको नाकाबन्दी खुकुलो पारिएको थियो।