युरोपेली अदालतद्वारा लिथुनिया र रोमानियालाई क्षतिपूर्ति तिर्न आदेश



हवाना, (एजेन्सी)
युरोपेली न्यायाधीशहरुले बिहीबार लिथुयानिया र रोमानियाले दुई जना अन्तर्राष्ट्रिय आतंककारी समूह अलकायदाका दुईजना आशंकित सदस्यलाई अमेरिकी गुप्तचर निकाय सीआईएसमक्ष सुपुर्दगी गरी यातना दिन लगाई तिनीहरुको मानव अधिकार उल्लंघन गरेको दावी गरेका छन् ।

सन् २००१ को ११ सेप्टेम्बरमा अलकायदाका नेता विन लादेनको निर्देशनमा अमेरिकाका विभिन्न स्थानमा आत्मघाती तथा आतंककारी आक्रमण भए यता अमेरिकाले अबु जुवायदाह र अब्द अल रहिम अल नासिरीलाई नियन्त्रणमा लिएको थियो ।

तिनीहरु दुवैलाई अहिले क्युबाको गुआन्तानामो बे कारागारमा थुनिएका छन् ।
सीआईएले लिथुनिया र रामोनियामा पनि गोप्य कारागारहरु सञ्चालन गरिरहेको ेबताइएको छ । युरोपेली संघको मानवाधिकारसम्बन्धी न्यायलय ( ईसीएचआर ) ले दुवै राष्ट्रले युरोपमा कैदीहरुलाई यातना दिन नपाइने नियम कानुनको उल्लंघन गरेको जनाएको छ ।

ईसीआरएचले सन् २०१४ मा पोल्यान्डविरुद्ध पनि यस्तै प्रकारको चेतावनीपूर्ण आदेश जारी गरेको थियो। लिथुयानिया र रोमानियालाई अबु जुबायदाह र अब्द अल नारिरीलाई क्षतिपूर्तिस्वरुप जनही १ लाख १७ हजार अमेरिकी डलर तिर्न पनि ईसीएचआरले आदेश दिएको छ ।

तर अझैसम्म पनि ईसीएचआरका कुनै पनि प्रतिनिधिले ग्वान्तानामोमा गएर ती आशंकित अलकायदा सदस्य द्वयलाई भेट्न सकेको छैन। प्यालेस्टाइनमा जन्मेका साउदी अरेबियाली नागरिक अबु जुवायदाह नब्बेको दशकमा अलकायदाको प्रमुख लडाकू भर्तिकर्ता भएको अनुमान गरिएको छ ।

त्यसपछि उनी ओसामा बिन लादेनलाई अल कायदाका अन्य सञ्जालहरुसँग सम्पर्क
गराउने प्रमुख योजनाकार बनेको पनि बताइएको छ । त्यसै गरी सायदीमा जन्मेका
अब्द अल नासिरीले खाडी क्षेत्रमा अलकायदाका गतिविधि सम्हाल्ने गरेको अमेरिकी गुप्तचर निकायको दाबी रहेको छ । उनीविरुद्ध सन् २००० मा १७ जनाको ज्यान जाने गरी यमनमा यूएसएस कोलमा मिथ आक्रमणको योजना बुनेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्