विदेशमन्त्री पोम्पियो र उत्तर कोरियाली दूत किमबीच वार्ता



वासिङटन, (एजेन्सी)
अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ र उत्तर कोरियाली दूत किम योङ चोलबीच न्युयोर्कमा बैठक शुरु भएको छ । यस वार्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा हुने प्रस्तावित ऐतिहासिक शिखर वार्ताका लागि मार्ग प्रशस्त गर्ने अनुमान गरिएको छ ।

अमेरिकी विदेश मन्त्रायलका प्रवक्रा हिथर नोर्टले भने– ‘पोम्पियो उत्तर कोरियाका
उपाध्यक्ष किम योङ चोलसँग बैठकका लागि न्युयोर्क पुगेका छन् । हामी सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्पको उत्तर कोरियाका सर्वोच्च नेता किमसँग सम्भावित वार्ताका लागि सक्रियतापूर्वक तयारीमा लागेका छौं। हामीले कोरियाली प्रायद्विपको निशस्त्रीकरणप्रति हाम्रो प्रतिवद्धतामा जोड दिएका छौं ।

उनीहरुबीचको वार्ता बिहीबारसम्म हुने अनुमान गरिएको छ । यसबीच ≈वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले शिखर वार्ता जुन १२ मा सिंगापुरमा हुने अपेक्षा गर्दै प्रशासन तयारीमा जुटेको जानकारी दिए । ‘यदि जुन १२ मा वार्ता हुन्छ भने हामी त्यसका लागि तयार हुनेछौं। यदि नभएमा हामी जुलाई १२ को वार्ताका लागि तयार हुनेछौं।’ –उनले आफ्नो नियमित पत्रकार सम्मेलनमा बताए ।

सेन्डर्सले भने– ‘ट्रम्पका उपप्रमुख सल्लाहकार जोयहेगिनको नेतृत्वमा एक टोलीले सिंगापुरमा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग बिहीबार भेट्ने योजना छ । हामी सिंगापुरमा आफ्ना कूटनीतिक साझेदारलाई धन्यवाद दिन चाहन्छौं, जो शिखर वार्ताको आतिथ्य गर्न तयार भएका छन्। राष्ट्रपतिले सिंगापुरका प्रधानमन्त्री लीको र उनका सबै प्रयासको प्रसंसा गरेका छन् ।

यसबीच असैनिकिकृत क्षेत्रमा पनि राजदूत सुंग किमको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डलले उत्तर कोरियाली अधिकारीहरुसँग भेटवार्ता गरेको उनले जानकारी दिए । ≈वाइट हाउसका प्रेस सचिवले भने– ‘उनीहरुको वार्ता जारी रहनेछ । अहिलेसम्म ती बैठकका उपलब्धी सकारात्मक रहेको छ र हामी यसलाई जारी राख्ने छौं ।’ वार्ता कोरियाली प्रायद्विपको परमाणु निशस्त्रीकरणमा नै केन्द्रित रहने उनले थपे ।

प्रतिक्रिया दिनुहोस्