पूर्वप्रधानमन्त्री राजाकको अपार अवैध सम्पत्ति!

0
Shares

क्वालालम्पुर, (एजेन्सी)
मलेसियाको प्रहरीले पूर्वप्रधानमन्त्री नाजिव राजाकको सम्पत्तिसँग सरोकार राख्ने महँगा वस्तुहरु र विदेशी मुद्रा भरिएका सयौं बाकस फेला पारिएको शुक्रबार बताएका छन्। सरकारी विकास कोष १ एमडीबीमाथिको अनुसन्धानको क्रममा राजधानी क्वालालम्पुरका विभिन्न स्थानमा छापा मार्दा ती बाकस फेला परेको प्रहरीले पुष्टि गरेको छ।

नाजिवमाथि यसै कोषमा भ्रष्टाचार गरेको भनी लगाइएको अभियोग नै उनको हालै सम्पन्न चुनावमा महाथिर मोहमदसंग चुनाव हार्नुको प्रमुख कारण हो। नाजिब आफैंले स्थापना गरेको यस कोषको अर्बौं अमेरिकी डलर हिनामिना भएको बताइएको छ।
नाजिव आफैंले मात्र ७० करोड डलर खल्तीमा हालेको आरोप लगाइएको छ। तर अहिलेसम्म उनले यो आरोप अस्वीकार गर्दै आएको छ। यस मामिलामा नाजिवलाई मलेसियाली अदालतले सफाइ दिइसकेको भए पनि अन्य राष्ट्रहरुले यसको अनुसन्धान गरिरहेका छन्। हालै चुनाव जितेर प्रधानमन्त्री बनेका ९२ वर्षीय महाथिरले यस भ्रष्टाचारको मुद्दा पुनः खोलेर हराइरहेको पैसा फेला पार्ने वचन दिएका छन्। उनले नाजिवलाई देश छोडेर कतै जान प्रतिबन्ध लगाएको छ। प्रहरीले नाजिवको कार्यालय, निजी निवास र अन्य सम्पत्तिसंग सरोकार राख्ने विभिन्न स्थानमा छापा मारेका थिए। एक स्थानमा त नाजिवको घरबाट अन्तै लगेर राखिएको एउटा सेफ खोल्न विशेष कालिगढकै प्रयोग गरिएको थियो।

हिजो प्रहरी व्यावसाियक अपराध अनुसन्धान इकाइका अध्यक्ष अमर सिंहले पत्रकारहरुलाई भनेका छन्, ‘२ सय ८४ वटा बाकसमा विभिन्न थरिका ≈यान्डब्याग भेटिएका छन्। तीमध्ये ७२ वटा व्यागभित्र मलेसियन सिंगिट , अमेरिकी डलर, महँगा घडीहरु र गरगहना भेटिएका छन्। तर यसको यकिन परिमाण भने बताउन सक्दिनँ। जेहोस् परिमाण भने निकै ठूलो छ।’

तर नाजिवका वकिलले भने– ‘उनीमाथि अनावशयक तनाव दिन यो छापा मार्ने खेलको मञ्चन भएको तथा फेला पारिएका वस्तुहरु अमूल्य नरहेको दावी गरेका छन्। प्रहरीले छापा मार्दै गरेको तथा तिनीहरुले फेला पारेका वस्तुहरुको तस्वीरहरु सामाजिक सञ्जालमा राखिएका छन्।

Skip This