दिल्ली र उत्तरी भारतमा शक्तिशाली भूकम्प



नयाँदिल्ली, (एजेन्सी)
भारतको राजधानीलगायत उत्तर भारतका कयौं क्षेत्रमा शक्तिशाली भूकम्पको महशुस गरिएको छ। बुधबार साँझ दिल्लीमा आकस्मिक मौसममा परिवर्तन आएको थियो भने स्थानीय समय करिब सवा ४ बजे भूकम्पको धक्का महशुस गरिएको यियो।

अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्प ६ दशमलव २ म्याग्निच्युडको रहेको जनाएको छ। उक्त भूकम्पले अफगानिस्तान, ताजकिस्तान, पाकिस्तानका क्षेत्रमा बढी प्रभाव पारेको बताइएको छ। भूकम्पबाट तत्काल क्षति पुगेको विवरण आएको छैन।

भूकम्पको केन्द्रबिन्दु ताजकिस्तानको इसकासिमबाट ३६ किलोमिटर उत्तर पश्चिममा १ सय २० किमी गहिराइमा रहेको बताइएको छ। हिमाञ्चलको कुल्लु र सिमलामा पनि भूकम्पको धक्का महशुस गरिएको छ। त्यसैगरी जम्बु र काश्मीरका नागरिकले पनि कम्पनको महशुस गरेको बताइएको छ। पाकिस्तानको इस्लामाबादलगायत अन्य कयौं शहरमा पनि धक्का महशुस गरिएको छ।

यसबीच राजधानी दिल्लीका केही इलाकामा धुलोसहितको आँधी चलेको र सामान्य वर्षा भएको छ। भारतका केही राज्यमा विगत २ दिनदेखि धुलोयुक्त आँधी र हुरी आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्