किमको गोप्य चीन भ्रमण, राष्ट्रपति सीसँग डालियानमा वार्ता



बेइजिङ, (एजेन्सी)
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको गोप्य भ्रमणमा आएका उत्तर कोरियाली नेता किम जोङ उनसँग उत्तरी चिनियाँ बन्दरगाह शहरमा भेटवार्ता गरेको बेइजिङले जनाएको छ। उक्त अघोषित बैठक सोमबार र मंगलबार डालियानमा भएको बताइएको छ। दुई नेताबीच हालैका केही हप्ताभित्रै भएको यो दोस्रो बैठक हो। गत मार्चमा किमले आफू सत्तामा आएको ६ वर्षपछि पहिलो विदेश भ्रमणका क्रममा बेइजिङको भ्रमण
गरेका थिए।

यो अप्रत्यासित गोप्य बैठकलाई उत्तर कोरियाली नेताको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको ऐतिहासिक शिखर बैठकको तयारीका रूपमा लिइएको छ। चीन, उत्तर कोरियाको एकमात्र शक्तिशाली र छिमेकी सहयोगी देश हो।

किमको चीन भ्रमण घोषणालगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटमा आफ्ना ‘राम्रो मित्र’ सीसँग मंगलबार राति फोन वार्ता गर्ने लेखेका छन्। ‘सम्बन्ध र विश्वास निर्माण भइरहेको’ ट्रम्पले उल्लेख गरेका छन्। कोरियाली प्रायद्वीपमा तनाव कम गर्ने प्रक्रियालाई चीनले अत्यन्त महŒवका साथ उत्सुकतापूर्वक प्राथमिकतामा राखेको छ।

किमले मार्च २७ मा बेइजिङको भ्रमण गरेका थिए। तर यो समयमा दुई नेताहरू डालियानमा भेटिरहेका छन्। उक्त शहर उत्तर कोरियाबाट अत्यन्त नजिक भएकाले किमलाई त्यहाँ पुग्न सजिलो भएको बताइएको छ। उत्तर कोरियाली नेता रेल यात्रालाई प्राथमिकता दिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्