भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट, स्कुल बन्द



नयाँ दिल्ली  । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएपछि विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

भारतीय भूविज्ञान मन्त्रालयका अनुसार दिल्लीका अलावा राजस्थान, हरियाणा, चण्डिगढ, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, सिक्किम, उडिसालगायतका राज्यमा मौसमको प्रभाव पर्नेछ । यो हप्तामात्र भारतमा आँधीका कारण १ सय २४ जनाले ज्यान गुमाएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।

केन्द्रीय सरकार नयाँ दिल्ली सरकारले मंगलरबारका लागि स्कुल बन्द गरेको छ । भूविज्ञान मन्त्रालयलाई उद्धृत गर्दै दिल्ली सरकारले दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म तीव्र हावाहुरी चल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्