दक्षिण चीन सागरमा क्षेप्यास्त्र प्रणाली तैनाथ



बेइजिङ, (एजेन्सी)
चीनले विवादास्पद दक्षिण–चीन सागरमा घातक नौसैनिकजहाज भेदी क्रुज क्षेप्यास्त्र र जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ।

सैन्य हतियारको तैनाथलाई लिएर चीनको विदेश मन्त्रालयले बिहीबार दक्षिण चीन सागरको पूरै क्षेत्र उसको सम्प्रभुताभित्र पर्ने र यसमा कुनै विवाद नभएको जनाएको छ। यद्यपि उक्त हतियार तैनाथ कुनै देशविरुद्ध लक्षित नभएको पनि मन्त्रालयले जनाएको छ।

दक्षिण चीन सागरलाई लिएर चीनको भियतनाम, मलेसिया, ब्रुनाइ, ताइवान, फिलिपिन्ससँग विवाद रहेको छ। ती सबै देशले उक्त सागरको फरक फरक हिस्सालाई आफनो अधिकार क्षेत्र भएको दावी गर्दै आइरहेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नान्सा द्वीप (स्पार्टली द्वीप) र यसको नजिकका सबै टापुहरुमा निर्विवाद चीनको सम्प्रभुता रहेको बताए। चीनले आफनो क्षेत्रीय अखण्डता तथा सम्प्रभुता कायम राख्न त्यस क्षेत्रमा गतिविधि जारी राख्ने उनले बताए।

उक्त स्पार्टली आइरल्यान्डलाई लिएर चीनसँग भियतनाम र फिलिपिन्ससँग विवाद छ। दुबै देशले ती टापुमाथिको अधिकार दाबी गर्दै आइरहेका छन्।

क्षेप्यास्त्र प्रणाली तैनाथको पुष्टि गर्दै चुनयिङले चीनका तर्फबाट उक्त क्षेप्यास्त्र तैनाथ कुनै देशविरुद्ध नभएको प्रत्रकार सम्मेलनमा उनले बताए। यसबाट कसैले चिन्ता गर्नुनपर्ने र यसलाई चीनको एक उद्देश्यका रूपमा मात्र हेर्नुपर्ने बताए।

दक्षिण चीन सागरका तीन स्थानमा चीनले क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको सबैभन्दा पहिला अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्