किशोरीको सामूहिक बलात्कारी पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
भारतीय प्रहरीले सामूहिक बलात्कार गरी १ जना किशोरीको हत्या गरिएको सिलसिलामा प्रमुख आंशकित व्यक्तिलाई पक्राउ गरेको दाबी आइतबार गरेको छ। भारतको झरखण्ड राज्यमा शुक्रबार एक १६ वर्षीया किशोरीलाई जिउँदै जलाएको अभियोगमा धानु झुइयान र उनका सहयोगीहरूलाई पक्राउ गरिएको बताइएको छ।

नाम नखुलाइएकी ति किशोरीका मातापिताले गाउँका मुख्य व्यत्तिहरू समक्ष उनीमाथि वलात्कार भएके गुनासो गरेपछि उनका ेहत्या गरिएको प्रहरीले जनाएको छ। गाउँका ति गन्यमान्यहरूको बेठकले दुईजना बलात्कारीलाई जनही एक सयचोटि उठबस गर्न र संजायस्वरूप ५० हजार भारु तिर्न आदेश दिएको थियो। उक्त निर्णय सुन्नासाथ अत्यन्तै आक्रोसित हुन पुगेका तिनीहरूले पीडितका मातापितालाई कुटपिट गर्दै उनलाई जिउँदै आगो लगाइदिएका थिए। प्रहरीले यस घटनामा संलग्न रहेका १८ जनामध्ये १५ जनालाई अनुसन्धानको सिलसिलामा गिरफ्तार गरिसकेको एएफपी समाचार निकायलाई बताएको छ।

प्रहरीले आफ्ना एकजना नातेदारको घरमा लुकिरहेको अवस्थामा भुइयानलाई पक्राउ गरिएको जनाएको छ। आफूमाथि लगायएका अभियोग सम्बन्धमा आशंकितहरूले कुने पनि प्रतिक्रिया जनाएको छैन। आफ्ना मातापिता एउटा विवाह भोजमा सरिक भइरहेकोबेला ती किशोरीलाई तिनीहरूले घरबाटै अपहरण गरी बलात्कार गरेका थिए। उनलाई राजा केन्दुवा गाउँनजिकको जंगलमा लगेर सामूहिक बलात्कार गरिएको बताइएको छ। प्रहरी प्रमुख आयुक्त शम्भु ठाकुरले पीडित र बलात्कारीबिच चिनजान भएको बताएका छन्। गाउँको परिषद्को कुनै कानुनी मान्यता नरहे तापनि भारतका कतिपय दुर्गग ग्रामीण क्षेत्रमा उठने विवादहरू न्यायालयमा जानैनपर्ने गरी यस्ता परिषद्ले नै सुल्झाउने गरेको छ।

सन् २०१६ मा मात्र भारतमा करिब ४० हजार वटा बलात्कारको घटना बारे उजुरी गरिएको थियो। सन् २०१२ मा राजधानी नयाँदिल्लीमा गुडिरहेको बसभित्र एकजना छात्रालाई बलात्कार लगत्तै हत्या गरिएपछि सरकार महिलामाथि हुने बलात्कार र हिंसाप्रति बढी सतर्क हुन थालेको थियो। केही समयअघि मात्र भारतको सर्वोच्च अदालतले बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिइने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्