खानीमा पहिरो जाँदा १७ जनाको मृत्यु



याङगोन । म्यानमारको एक पत्थर खानीमा गएको पहिरोमा परी १७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
म्यानमारको कराँची राज्यमा रहेको वाकखार नजिकै शुक्रबार बिहानै सो पहिरो गएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासक निलार मिन्टीले एएफपीसँग भन्नुभयो, “चट्टानको ठूलो पर्खाल नै मानिसहरु माथी खसेपछि खानीमा कार्यरत मजदूरको मृत्यु भएको छ ।”
“हामीले अहिले १७ जनाको शव निकालेका छौं, अरु नौ जना घाइते भएकाले उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ,” उहाँले थप्नुभयो ।
उद्धारमा खटिएकाहरूमध्ये अर्को एक श्रोतले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुको संख्या बढ्ने सम्भावना रहेको छ ।
त्यस क्षेत्रमा विनाशकारी पहिरो यसअघि पनि बेला बेलामा गइरहेको थियो भने सन् २०१५ को नोभेम्बरमा एक सय भन्दा बढीको मृत्यु भएको थियो । त्यस्ता अरु घटनाहरुमा परी अरु कैयौंको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्