डल्फिन बोकी हिँड्नेको खोजी



बेइजिङ, (एजेन्सी)
चीन सरकारले गुवाङडोङ शहरको समुद्री तटमा काँधमा डल्फिन बोकेर हिँडिरहेका एक व्यक्तिको व्यापक खोजी गरिरहेको छ। ती अज्ञात व्यक्तिले डोल्फिन बोक्दै गरेको दृश्यको फिल्म खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको थिए।

न्युज वेबसाइट बिटाइमका अनुसार ती मानिसले सरासर डल्फिन लगेर आफ्नो कारमा राखी कार चढेर हिँडेको अनुमान गरेको छ। प्रत्यक्षदर्शीले भने हाइलिङ टापुको तटमा अलपत्र परेको त्यो डल्फिन मर्नै लागेको अवस्थामा रहेको बताएका छन्।

स्थानीय अधिकारीहरूले यदि फेला पारिएको खण्डमा ती पुरुषमाथि कानुनी कारबाही हुने बताएका छन्। चीनको जन सुरक्षा विभागबाट जारी गरिएको एक विज्ञप्तिमा यस घटनाबारे गम्भीर अनुसान्धान भइरहेको र जनतालाई यसबारे प्राप्त सूचना दिई सहयोग गर्न आ≈वान गरिएको उल्लेख गरिएको छ।

वेइवोको विज्ञप्तिमा चीनमा डल्फिनलाई संरक्षित प्राणीको दर्जा दिइएकाले ती पुरुषलाई भेटिनासाथ कारबाही गरिने जनाइएको छ। गत मे १ मा भएको उक्त घटनाको फुटेज बिटाइमले चिनियाँ भिडियो सेरिङ साइट मियाओपाइमा पोस्ट गरेको थियो। यस भिडिोयो ६० लाखभन्दा बढी व्यक्तिले हेरेका छन्। सा ेभिडियो हेरेपछि अधिकांशले ती व्यक्तिको आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्