शौचालयमा गोप्य क्यामरा राख्ने पूर्वसैनिक

0
Shares

वासिङ्टन, (एजेन्सी)
न्युजिल्यान्डका एक वरिष्ठ पूर्वनौसेनिक अधिकृतमाथि अमेरिकाको वासिङ्टनस्थित न्युजिल्यान्डको दूतावासको शौचालयमा गोप्य क्यामरा जडान गरेको आरोप लगाइएको छ।
गत जुलाईमा शौचालयमा क्यामरा भेटाइँदा पूर्वकमान्डर अल्फ्रेड किटिङ दूतावासको वरिष्ठ रक्षा अधिकारीका रूपमा कार्यरत थिए। उनीमाथि शौचालयका गतिविधिको अवैध ढंगले भिडियो रेकर्डिङ गर्न खोजेको अभियोग पनि लागइएको छ।

यदि अभियोग प्रमाणित भएको खण्डमा उनलाई अधिकतम अठार महिना कारवास सजाय हुनसक्छ। तर किटिङले आफू निर्दोष रहको बताएका छन्। न्युजिल्यान्डको उच्च अदालतले यस मुद्दामा आफ्नो नाम गोप्य राखिदिन गरेको उनका अनुरोध अस्वीकार गरेको छ।

उनले आफ्नो परिचय खुलाइँदा आफ्नो परिवारलाई ठूलो मर्का पर्ने चिन्ता व्यक्त गरेका थिए। महिला तथा पुरुष दुवैले प्रयोग गर्ने सो शौचालयको जमिनमा हिटिङ प्रविधिमा गडबडी आउँदा अचानक क्यामरा भुइँमा खसेको थियो। सो शौचालय दूतावासमा कार्यरत करिब ६० जनाले प्रयोग गर्दै आएका थिए।

Skip This