ट्रम्पविरुद्ध मानहानीको मुद्धा


एजेन्सी । अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् ।

आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन् ।

डेनियल्सले न्युयोर्कमा सोमबार सो मुद्दा दायर गरेकी हुन् । डेनियल्सले आफूलाई एक व्यक्तिले धम्की दिएको बताएकी थिइन् । ट्रम्पले अप्रिल १८ मा ट्विट गर्दै डेनियल्सकोले झुठो बोलेको बताएका थिए ।

यसअघि ट्रम्पसँगको सम्बन्धबारे डेनियल्सलाई मुख नखोल्ने एक सम्झौताका लागि ट्रम्पका वकिलले १ लाख ३० हजार डलर खर्चेको विषयले चर्चा पाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।