दक्षिण कोरिया र अमेरिका सामु आणविक स्थल बन्द गरिने



सोल,(एजेन्सी)
दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले आइतवार उत्तर कोरियाले आगामी मे महिनामा आणविक परिक्षण स्थल बन्द गर्ने जानकारी दिएको छ । उक्त कार्यालयका प्रवक्ताले पुन्ग्गेरी साइट सार्वजनिक रुपमा बन्द गरिएको हेर्न दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई आमन्त्रण गरिने पनि बताएका छन् । बैज्ञानिकहरुले गत सेप्टेम्वरमा सो साइटको केहि भाग क्षतिग्रस्त भएको दावी गरेका छन् ।

गत शुक्रवार उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन कोरियाली प्रायद्विपलाई आणविक हतियार मुक्त गराउन सहमत भएका थिए । दुई कोरियाबिच झण्डै युद्धको स्थिती सिर्जना भएको महिनौं पछि सो ऐतिहासिक कोरियाली शिखर सम्मेलनको आयोजना भएक ेथियो । राष्ट्रपतिका प्रवक्ता युन योंग चानले भनेका छन् , ‘ किम आफैंले मेमा सो क्षेत्र बन्द गर्ने बताएका हुन् ।

किमले चाँडै नै आणविक परिक्षण स्थल बन्द गर्ने प्रक्रियालाई पारदर्शितापुर्वक अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिलाउन दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञहरुलाई आमन्त्रण गरिने पनि बताएका छन् । ’ यसैगरी दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले दक्षिणसंगको समय मिलाउन उत्तर कोरियाले हालको आफ्नो आधा घन्टाको फरक रहेको समय क्षेत्र पनि परिवर्तन गर्न लागेको बताएको छ । उत्तर कोरियाले भने यस विषयमा औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका ेछैन । उत्तर कोरियाको उत्तर पुर्वी पहाडी इलाकामा मुख्य आणविक स्थल रहेको अनुमान गरिएको छ ।

पुन्ग्गेरी साइट नजिकको माउन्ट मान्टाप मुनिका सुरुंगमा आणविक परिक्षणहरु गरिएका थिए । सन् २००६ यता उत्तर कोरियाले ६ वटा आणविक परिक्षण गरिसकेको छ । सन् २०१७ को सेप्टेम्वरमा गरिएको अन्तिम परिक्षणको दौरान श्रंखलावद्ध पराकम्पनको कारण पहाडको भित्री भाग खसेको विश्वास गरिएको छ ।
युनले किमको भनाई उदरित गर्दै कसैले काम नलाग्ने अवस्थामा पुगेकाले आणविक स्थल बन्द गरिएको भन्ने गरेको तर तिनीहरु चालु अवस्थामा रहेको बताएका छन् । उपकरणहरुको आवतजावत रहेको स्थान पत्ता लगाएर विशेषगरी भुउपग्रह मार्फत आणविक स्थलकोबारे सुचना संकलन गरिएको हो ।

यसैबिच हिजो सोल स्थित राष्ट्रपतिय कार्यालयले किमले आफु अमेरिका माथि क्षेप्यास्त्र प्रहार गर्ने खालको व्यक्ति नभएको बताएको जानकारी दिएको छ । साथै किमले प्रशान्त क्षेत्रमा अन्तरमहादेसिय क्षेप्यास्त्र परिक्षण गँिदा अमेरिका डराउनु नपर्ने विचार व्यक्त गरेको पनि बताइएको छ । साथै दक्षिण कोरियाले किम जापानसंगको सम्बन्ध सामान्य बनाउनका लागि छलफल गर्न तयार रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्