ट्रक र बस ठोक्किदा सात जनाको मृत्यु, २५ घाइते


नयाँदिल्ली  । भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् । उक्त राज्यको राजधानी भोपालदेखि ३५० किलोमिटर टाढा पर्ने मन्दसुरमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

तिव्र गतिमा आएको ट्रकले आइतबार बिहान ४० जना यात्रु बोकेको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । सो घटनामा सातको मृत्यु भएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।