सी–मोदी वार्ता, दुई देश मिलेर काम गर्नुपर्नेमा सहमत



वुहान, (एजेन्सी)
अनौपचारिक चीन भ्रमणको दोस्रो दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङले वुहान शहरस्थित इस्ट लेकको किनारामा टहल्दै विविध मुद्दामा छलफल गरे।

दुई नेताले आतंकवाद साझा खतरा भएको र यसलाई रोक्नका लागि आपसी सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे। यसबीच प्रधानमन्त्री मोदीले आफ्नो ट्विटर अकाउन्टमा सीसँगको अनौपचारिक भेटवार्ताका तस्वीर पोस्ट गरेका छन्।
आतंकवाद, सुरक्षा, तथा विकासका लागि मिलेर काम गर्नुपर्नेमा दुई नेता सहमत भएको बताइएको छ। यसक्रममा सी र मोदीबीच मिलेर काम गर्नुपर्ने विविध क्षेत्रका विषयमा छलफल भएको स्रोतले बताएको छ।

तालको किनारामा टहल्ने क्रममा सीले मोदीलाई त्यहाँ फुलेका कैयौं फँलको जानकारी दिए। दुई नेताबीचको पहिलो अनौपचारिक भेटवार्तालाई मोदीले निक्कै प्रशंसा गरे।

टहल्ने क्रममा दुवै नेता धेरै परसम्म पुगे। यस क्रममा उनीहरूसँग दोभाषे पनि थिए। बाटोमा चिनियाँ राष्ट्र«पति सीले त्यहाँको विशेषताका बारे बताइरहेका थिए।
वुहानको इस्ट लेकमा एउटै डुंगामा बसेर नौका विहार गरेका प्रधानमन्त्री मोदी र राष्ट्र«पति सीले दुई देशका सांस्कृतिक सम्बन्धको चर्चा गरेका थिए।

इस्ट लेकमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले नौका विहारका क्रममा चिया लिएर पनि कुराकानी गरे। दुवैले तालको किनारामा घुमफिरपछि केही समय आराम गरी अनौपचारिक कुराकानी पनि गरेका थिए।

सीले प्रधानमन्त्रीलाई विशेष चिया पिलाए। मोदीले चियाको चुस्की लिएपछि सर्ब गर्नेलाई धन्यवाद दिए।

चिया पिउने बेला प्रधानमन्त्री मोदीले किटली उठाएका थिए र चिनियाँ राष्ट्रपति सीले उनीसँग केही कुरा गरेका थिए। त्यतिबेला प्रधानमन्त्री मोदी मुस्कुराइरहेका थिए।

‘अनौपचारिक वार्ताले निरन्तरता पाउनुपर्छ’ प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको यो चौथो चीन भ्रमण हो। तर यसअघिका भ्रमणका बेला यी दुई नेताबीच यसरी ‘अनौपचारिक शिखर वार्ता’ भएको थिएन। प्रधानमन्त्री मोदीले यस प्रकारको अनौपचारिक भेटवार्ता भइरहनुपर्ने बताउँदै सी जिनपिङलाई अर्को वर्ष भारत आउन निम्तो दिए।

मोदीले भने– ‘यस प्रकारको अनौपचारिक भेटवार्ता दुई देशबीच परम्परा बन्नेछ भन्ने मैले अपेक्षा गरेको छु। यस्तो भेटवार्ता अर्को वर्ष सन् २०१९ भारतमा भए मलाई खुसी लाग्नेछ।’

चीनको हुबेई प्रान्तको राजधानी वुहानमा भएको उक्त अनौपचारिक बैठकपछि राष्ट्रपति सीले आगामी दिनमा भारत र चीनबीच सहयोग तीव्र हुने र आफँले दुई देशको सम्बन्धमा सुनौलो भविष्य देखेको बताए।

यसअघि सीले मोदीलाई हुबेइको म्युजियममा लगेका थिए। त्यहाँ चिनियाँ कलाकारले भारतका प्रधानमन्त्रीको स्वागतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

मोदीले भारत र चीनको अर्थव्यवस्था विश्वका बाँकी देशका लागि अत्यन्त महŒव राख्ने र दुई देशले विश्वमा शान्ति कायम गर्न ठँलो भँमिका निभाउन सक्ने बताए। प्रधानमन्त्री मोदी यसअघि द्वीपक्षीय वार्ताका लागि सन् २०१६ मा जी–२० सम्मेलन र सन् २०१७ मा ब्रिक्स सम्मेलनमा भाग लिन चीन गएका थिए।

पटक–पटक भ्रमणका बाबजुद दुई देशबीचको सम्बन्धमा खटपट आइरहने गरेको छ। चीनले न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा भारतको सदस्यतालाई लिएर विरोध गरेको छ। जैश ए मोहम्मदका नेता मसुद अजहरलाई संयुक्त राष्ट्रबाट आतंकवादी घोषणा गराउने भारतको प्रयासमा पनि चीनले भिटो प्रयोग गरेका थिए। भुटानको सीमा डोकलाममा दुई देशबीच करिब ७३ दिनसम्म तनावको स्थिति बनेको थियो।

भारत चीनको महŒवाकांक्षी वन बेल्ट रोड परियोजनाको हिस्सा बनेको छैन। यद्यपि यी दुई देशबीच व्यापारिक क्षेत्रमा विस्तारको ठँलो सम्भावना रहेको छ।
मोदीको चीन भ्रमणअगाडि भारतीय विदेशमन्त्री सुषमा स्वराज सांघाइ को–अपरेसन अर्गनाइजेसन (एससीओ)को बैठकमा भाग लिन चीनमा थिइन्। उनको यो भ्रमण मोदीको यात्राको तयारीका रूपमा पनि लिएको थियो।

प्रतिक्रिया दिनुहोस्