आत्मघाती आक्रमणमा ५२ को मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानको मतदाता दर्ता केन्द्रमा आइतबार भएको एउटा आत्मघाती बम विस्फोटनमा कम्तीमा ५२ जना व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। मारिनेमा २१ जना महिला र ५ जना बालबालिका पनि रहेको बताइएको छ।

मतदातामा आफ्नो नाम दर्ता गर्न लाइनमा उभिएकामाथि लक्षित गर्दै भएको सो आत्मघाती विस्फोटनमा अन्य १ सय १२ जना घाइते भएक छन्। इस्लामिक स्टेट समँह (आईएस) ले यस अक्रमणको औपचारिक जिम्मेवारी लिएको छ।

आगामी अक्टोबरमा हुन गइरहेको विधानसभाको चुनावका लागि यसै महिनादेखि मतदाता दर्ता कार्यको थालनी गरिएको हो। आईएसका प्रवक्ताले पश्चिमी काबुलको दास्ते बार्ची क्षेत्रमा रहेको उकत केन्द्रलाई लक्षित गर्दै आक्रमणकारीले आफँले बोकेको विस्फोटक पदार्थले भरिएको पेटी विस्फोट गराएको बताएका छन्। घटनास्थलमा रगताम्य दस्तावेज, तस्वीर र जुत्ता तथा काँचका टुक्रा छरिएको अवस्थामा रहेका छन्।
उक्त विधानसभाको चुनावपछि सन् २०१९ मा राष्ट्रपतीय चुनाव हुने भएको छ। यसै वर्षको प्रारम्भमा बीबीसीले गरेको एक अनुसन्धानबाट अफगान सुरक्षा फौजको अफगानिस्तानको ३० प्रतिशतभन्दा बढी भँ–भागमा नियन्त्रण रहेको पत्ता लागेको थियो।

सो अनुसन्धानको प्रतिवेदनमा बाँकी भँ–भाग तालिवान लडाकँ र आईएसको खतरामा रहेको उल्लेख गरिएको थियो। यसै वर्षको शुरूमा अफगानिस्तानका गृहमन्त्रीले आईएस र तालिवान दुवैले जनतालाई सरकारविरुद्ध भड्काएर अस्थिरता सिर्जना गर्ने उद्देश्यले सर्वसाधारणलाई आक्रमणको तारो बनाइरहेको बीबीसीलाई बताएका थिए।

प्रतिक्रिया दिनुहोस्