ढुंगामुढाबाट कंगारुको ज्यान गयो

0
Shares

बेइजिङ, (एजेन्सी)
दक्षिणपूर्वी चीनमा रहेको एउटा चिडियाखानाको खोरमा थुनिएका कंगारुमाथि ढुंगा बर्साइएका कारण एउटा कंगारुको ज्यान गएको तथा अर्को एक गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।

त्यहाँ आएका आगन्तुकले खोरमा थुनिएका कँगारुलाई दौडाउने उद्देश्यले ढुंगा र अन्य वस्तुले हिर्काएका चिडियाखानाका अधिकारीहरूले पत्रकारलाई बताएका छन्। यस घटनाप्रति अनलाइन मार्फत व्यापक जन आक्रोश व्यक्त भइरहेको छ।

साथै चिनका थुपै्र चिडियाखानामा जनावरमाथि पछिल्ला केही वर्षयता हुन थालेको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तमाथि कारबाही गर्न र त्यहँँ थप सुरक्षा सतर्कता अपनाउन चिनियाँ जनताले आवाज उठाएका छन्।
फुजियान प्रान्तको फुझोउ चिडियाघरका अधिकारीहरूले हायसिया मेट्रोपोलिस न्युजलाई यसै साता बताएका छन्– ‘यसरी दौडाउने उद्देश्यले ढुंगामुढा गरिँदा १२ वर्षीया पोथी कंगारुको केही दिनपछि अत्यधिक आन्तरिक रक्तश्रावबाट मृत्यु भएको थियो। सोही खोरमा थुनिएका ५ वर्षीय भाले कंगारु भने घाइते मात्र भएको छ।’

 

Skip This