चीनको जनमुक्ति सेनामा डीएफ–२३ क्षेप्यास्त्र समावेश

0
Shares

बेइजिङ, (एजेन्सी)
चीनको पिपल्स लिबरेसन आर्मीको रकेट युनिटले उसको नयाँअत्याधुनिक क्षेप्यास्त्र डीएफ–२६ एउटा नया“ ब्रिगेडलाई सुम्पेको चिनिया“ सञ्चार माध्यमले जनाएको छ। उक्त क्षेप्यास्त्र दक्षिणी हेनान प्रान्तमा तैनाथ गरिएको अनुमान गरिएको छ।

डोङफेङ–२६ अर्थात् डीएफ–२६ एउटा इन्टरमिडिएट ब्यालिस्टिक क्षेप्यास्त्र हो। यसको मारक क्षमता ३ देखि ४ हजार किलोमिटर रहेको छ। उक्त क्षेप्यास्त्र पहिलो पटक सन् २०१५ सेप्टेम्बर ३ मा आयोजित भिक्ट्री डे परेडमा प्रदर्शन गरिएको थियो। यसको प्रमुख निशानमा पश्चिम प्रशान्त महासागरस्थित अमेरिकी द्वीप गुआम भएको बताइएको थियो। त्यसैले यसलाई गुआम एक्सप्रेस वा गुआम किलर नाम दिइएको थियो।

चीनको सरकारी विज्ञप्तिअनुसार चीनको यो क्षेप्यास्त्र पूर्ण स्वदेशी हो। यो परम्परागत तथा परमाणु दुवै प्रकारका हतियार बोक्न सक्षम छ।

डीएफ–२६ को विस्तार ४ हजार किलोमिटर बताइएको छ र यो विस्तारमा गुआम र भारतीय इलाका निसानामा आउने विशेषज्ञहरूले बताएका छन्। अमेरिकाले गुआमको घना जंगलको बीचमा विशाल वायुसैनिक अड्डा बनाएको छ।

यो हवाइअड्डाको धानवमार्गमा विध्वशंक बी–१ बमवर्षकको एक बेडा सधैं तयार रहेको हुन्छ। यसलाई उत्तर कोरियाबाट दक्षिण कोरियामा आक्रमण भएको स्थितिमा जवाफ दिनका लागि राखिएको बताइन्छ।

गुआम उत्तर कोरियाबाट सबैभन्दा नजिकको अमेरिकी भूभाग हो। यी दुईबीचको दूरी ३ हजार ४ सय २७ किलोमिटर रहेको छ।

हालैका केही वर्षमा चीनले अमेरिका र रुसस“ग मात्र रहेको क्षमता अब ऊस“ग पनि छ, भन्ने देखाउन खोजेको छ। चीन यो विशेष क्लबको तेस्रो सदस्य बनेको छ।

भारतले विकास गरेको ब्र≈मोस क्षेप्यास्त्र हाइपरसोनिक क्रुज क्षेप्यास्त्र हो। चीनले अहिले बनाएको यो क्षेप्यास्त्र हाइपर सोनिक ब्यालिस्टिक क्षेप्यास्त्र हो। अहिलेको विश्वमा चीन–अमेरिका–रुसबीच एक प्रकारले हतियारको होड शुरू भइसकेको छ।

Skip This