सामाजिक सञ्जाल समलिंगीप्रति नरम

0
Shares

बेइजिङ, (एजेन्सी)
चिनियाँ सामाजिक सञ्जाल साइना वेइवोले व्यापक जन दबाबका कारण विवादास्पद समलिंगी सामग्रीमाथि लगाइएको प्रतिबन्ध सोमबार फुकुवा गरेको छ। गत शुक्रबार माइक्रोब्लगिङ प्लेटफर्मले समलिंगी विषयसँग सम्बन्धित सामग्रीहरू आफ्नो साइटबाट हटाउने सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

त्यसपछि सो सञ्जालमा यस कदमको विरोधमा असंख्य व्यक्तिले सामग्रीहरू पोस्ट गर्न थालेका थिए। ट्विटरलाई चीनको जवाफको रूपमा लिइने गरिएको साइना वेइवो चीनको अत्यन्तै लोकप्रिय सामाजिक सञ्जालहरूमध्ये एक हुन्।

गत शुक्रबार उठाइएको अप्रत्याशित कदमलाई साइना वेइवोले ‘सफाइ अभियान’ को संज्ञा दिइएको थियो। त्यतिबेला वेइवोले पोर्नोग्राफी, हिंसा वा समलिंगी विषयसँग सम्बन्धित तस्वीर, भिडियो, लेख र कार्टुन तीन महिनासम्म हटाइने जनाएको थियो।
वेइवोले अहिलेसम्म त्यस्ता ५० हजारभन्दा बढी पोस्ट हटाइसकेको दाबी गरेको छ। केही समलिंगीले उक्त प्रतिबन्ध परीक्षण गर्ने उद्देश्यले आफ्ना पार्टनरहरूसँग बसेको तस्वीर र अन्य सामग्री अपलोड गर्ने गरेका थिए।

समलिंगी अधिकारवादी अभियन्ता पु चुनमेइले राखेका आफू र आफ्ना समलिंगी छोरासँगै बसेर खिचेका तस्वीरहरू भाइरल बनेका थिए। साइना वेइवाले एक विज्ञप्तिमार्फत आफ्नो प्रतिब्न्ध नीतिमाथि छलफल गर्ने, सल्लाह दिने र चासो लिने सबैलाई धन्यवाद दिएको छ।

Skip This