मिचेल एन्टोनले पनि ट्रम्पको साथ छोड्दै


वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्का एक उच्च अधिकारीले पनि साथ छाड्ने भएका छन् । राष्ट्रपति भएदेखि नियुक्त भएकामध्ये केहीलाई उनले नै हटाएका छन्भर भने केहीले उनलाई नै छाडेका छन् ।

पछिल्लो पटक राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता मिचेल एन्टोनले कार्यालय त्याग्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आइतबार जनाएको छ ।

ट्रम्पको तेस्रो सुरक्षा सल्लाहकारको पदमा पूर्व कुटनीतिज्ञ जोन बोल्टोन सोमबार नियुक्त भएको कार्यालयले जानकारी दिएको छ ।

एन्टोनले कहिलेदेखि कार्यालय छोड्ने छन् भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट भइनसकेको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।
एन्टोनलाई ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फलाइनले सुरक्षा परिषद्मा ल्याएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।