म्याड्रिड, (एजेन्सी)
दक्षिण पूर्वी स्पेनमा एउटा दुर्घटनाग्रस्त सवारी साधनबाट पाँचवटा हात्ती फुत्किँदा राजमार्गको आवत जावत नै रोकिएको छ। दुर्घटनामा घाइते भएको कारण एउटा हात्ती मरेको र अन्य दुईओटा नराम्ररी घाइते भएको स्थानीय प्रहरीले मंगलबार जनाएको छ।
घाइते हात्तीलाई क्रेन प्रयोग गरेर सडकबाट हटाइएको थियो। यो घटना सोमबार अपराह्न अल्वासेटेनजिकको पोजो क्यानाडा शहरमा घटेको हो। दुर्घटनामा परेको ट्रकका ड्राइभरलाई भने कुनै पनि चोट लागेको छैन।
हात्ती बोकेको सो ट्रक कुनै सर्कस कम्पनीको हुनुपर्ने अनुमान गरिएको छ। स्पेनको सडक यातायात सञ्जालका लागि जिम्मेवार सरकारी विभागका निर्देशक ग्रेगारियो सेर्रानोले सडकबाट ती हात्ती हटाइँदै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
अल्वासेटेका स्थानीय प्रहरीले पनि सडकमा यताउता हिँडिरहेका पाँचमध्ये तीनवटा हात्तीको तस्वीरहरु सार्वजनिक गरेको छ। स्थानीय प्रशासनले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको सेर्रानाले ट्विटरमार्फत जानकारी गराएका छन्।











प्रतिक्रिया