भारतमा महत्त्वाकांक्षी स्वास्थ बीमा योजना

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतले बिहीबार गरिब जनतामाथि ध्यान केन्द्रित गर्दै महत्त्वाकांक्षी स्वास्थ बीमा कार्यक्रम घोषणा गरेको छ। यो कार्यक्रम स्वास्थ उपचार खर्चका लागि संघर्षरत करोडौं जनताको हितका लागि लक्षित रहेको सरकारी सूत्रले जनाएको छ।

विश्वकै सबैभन्दा ठूला योजनामध्ये एक मानिएको यस योजना ग्रामीण जनताबीच निकै लोकप्रिय हुने अनुमान गरिएको छ। हाल भारतले कुल गार्हस्थ उत्पादनको एक प्रतिशत मात्र जनस्वास्थ स्याहारमा खर्च गर्ने गरेको छ।

आगामी वर्षको आम निर्वाचन अगाडि आर्थिक वृद्धिदर बढाउने उद्देश्यले वार्षिक बजेटमार्फत यो योजना घोषित भएको हो। अर्थमन्त्री अरूण जेट्लीले स्वास्थ, शिक्षा, सामाजिक सुरक्षा र ग्रामीण पूर्वाधारका लागि अर्बौं अमेरिकी डलर छुट्याएका छन्।

जेट्लीले १० करोडभन्दा बढी गरिब परिवारका लागि केन्द्रित रहेको यस कार्यक्रममार्फत प्रत्येक परिवारका लागि वार्षिक स्वास्थ उपचार ५ लाख भारु प्रदान गरिने पनि जनाएका छन्। भारतमा निजी क्षेत्रको स्वास्थ उपचार निकै खर्चिलो भएकाले गरिबको पहुँचभन्दा बाहिर रहेको छ।