प्रधानमन्त्रीले गरे दुई मन्त्रीलाई निलम्बन


पोल्याण्ड । पोल्याण्डका दक्षिणपन्थी प्रधानमन्त्री मातेउस मोराविकीले आफ्नो सरकारका दुई महत्वपूर्ण मन्त्रीहरूलाई निलम्बन गरेका छन्।

मातेउसले मङ्गलबार आफ्नो सरकारमा विवादास्पद बनेका एन्टोनी मासियरविक्ज तथा विदेशमन्त्री विटोल्ड वास्जीकोस्की निलम्बन गरेका हुन् । उनले वातावरणमन्त्री जान सिस्कोलगायतका अन्य केही मन्त्रीलाई पनि मन्त्रीमण्डलबाट हटाएको घोषणा गरेका छन् ।

प्रधानमन्त्री मातेउसले नयाँ मन्त्री मण्डलमा केही नयाँ अनुहार ल्याउने अनुमान गरिएको छ । यद्यपि मन्त्रीमण्डलका नयाँ सदस्यको नाम भने सार्वजनिक भइसकेको छैन । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।