सिडनीमा सिप्लेन दुर्घटना

0
Shares

सिडनी, (एजेन्सी)
अष्ट्रेलियाको सिडनी देखि करिव ३० किमि टाढाको नदीमा एउटा सिप्लेन दुर्घटनाग्रस्त हुँदा छ जना मानिसको मृतयु भएको छ। केवान नामक उपनगर नजिकको हक्सव्युरी नदीमा यो दुर्घटना भएके हो।

प्रहरी तैराकीहरुले नदीको १३ मिटर गहिराइमा रहेको भग्नवशेषबाट ति लाश झिकेका हुन्। सो दुर्घटनामा मारिनेमा एकजना एघार महिने बालक पनि रहेको अपुष्ट समाचार प्राप्त भएको छ। यस दुर्घटनामा पायलट र अन्य चारजना वेलायती नागरिक मारिएका छन्।

एउटा मात्र इन्जिन भएको यो विमान साइटसिइंग फ्लाइट कम्पनी सिडनी सिप्लेनको हो। अनुसन्धानकर्ताहरुले अझै सम्म दुर्घटनाको कारण पत्ता लगाउन सकेको छैन। सुरक्षा अधिकारी माइकल गोम्र्यानले अहिले भग्नवशेष पानी बाहिर निकाल्ने काम भइरहेको बताएका छन्।

वेलायती विदेश मन्त्रालयले यस दुर्घटनाबारे थप जानकारी लिन अष्ट्रेलियाी सरकारसंग सम्पर्क गरेको छ। यस दुर्घटनाका प्रत्यक्षदर्शी मिलेज बापटिस्टेले नाइन न्युज टेलिभिजनलाई भनेका छन् , ‘ यो विमान नदीमा खस्दा म यसको ५ सय मिटर मात्र टाढा थिएँ। यो दाहिने तर्फ फनक्क घुमेपछि यसको पखेटा र चुच्चो सिधै पानी भित्र छिर्यो। ’ अर्का एक महिला प्रत्यक्षदशीले मौसम अलिकति खराव भएपनि त्यति चिन्ताजनकै स्थिती नरहेको बताएकी छिन्।